भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने

बुटवल । यहि मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ ।

आज नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलन गर्न लागेको जानाकारी दिएको हो ।

२ दिन सम्म चल्ने सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले बताए ।

सम्मेलनमा करिब ६ सय ७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने उनले बताए । त्यस्तै समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने उनको भनाई छ ।

सम्मेलनको मंसिर १६ गते उद्घाटन सत्र तथा १७ गते बन्द सत्रहुनेछ ।

सभापती पुनले सम्मेलनमा पार्टीभित्र रहेको गुटको राजनीतिलाई कसरी निष्तेज पार्ने भन्ने बारे पनि सम्मेलनमा छलफल हुने बताए ।

साथै सभापति पुनले पार्टी सभत्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको बताए । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित