तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने

बुटवल । यहि मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ ।

आज नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलन गर्न लागेको जानाकारी दिएको हो ।

२ दिन सम्म चल्ने सम्मेलन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले बताए ।

सम्मेलनमा करिब ६ सय ७५ जना प्रतिनिधि सहभागी हुने बताइएको छ । सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाब पेस गर्नेगरी छलफल हुने उनले बताए । त्यस्तै समसामयिक विषय र विधान संशोधन बारे छलफल हुने उनको भनाई छ ।

सम्मेलनको मंसिर १६ गते उद्घाटन सत्र तथा १७ गते बन्द सत्रहुनेछ ।

सभापती पुनले सम्मेलनमा पार्टीभित्र रहेको गुटको राजनीतिलाई कसरी निष्तेज पार्ने भन्ने बारे पनि सम्मेलनमा छलफल हुने बताए ।

साथै सभापति पुनले पार्टी सभत्र प्रदेश र स्थानिय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेको बताए । प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार नदिएको गुनासो गर्दै उनले संघीयताको मर्म अनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यक रहेको बताए ।

सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादेर देउवासहित वरिष्ठ नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित