तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लक्ष्मी सामाजिक सहकारी छैठौं वार्षिक साधारण सभा

बुटवल। श्री लक्ष्मी सामाजिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–९ तीनकुनेको छैठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष खुवीराम आचार्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै अर्यालले सहकारीहरु बचत तथा ऋणको कारोवारमा मात्र केन्द्रित नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताइन् ।

सहकारीले देशको अर्थतन्त्र चलाएमान बनाउन ठूलो भूमिका खेलेको उपप्रमुख अर्यालको भनाइ छ । बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीका अध्यक्ष रोमणी डुम्रेले सहकारीले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताए । सहकारीका अध्यक्ष खुवीराम आचार्यले सहकारीले सबल र सक्षब बनाउदै काम अघि बढाइएको बताए ।

सहकारीका शेयर सदस्य आउदो वर्ष ६५० जना पु¥याउने लक्ष्यका साथ अघि बढेको अध्यक्ष आचार्यले बताए । अहिले सहकारी ४९८ शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पूँजी ६९ लाख २५ हजार, लगानी २ करोड ४० लाख र संस्थागत पूँजी कोष ८ लाख ४६ हजार रहेको सहकारीका सचिव बाबुराम बञ्जाडेले जानकारी दिए ।

रेमिट्यान्सको सेवा पनि दिँदै आइरहेको सहकारीमा ५ जना कर्मचारी कार्यरत छन् । कार्यक्रममा सहकारी लेखा सुपरीवेक्षण संयोजक गोकुल आचार्य, सहकारी बैंकका अधिकृत सुशील भटटराई लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष खुवीराम आचार्यको अध्यक्षता, उपाध्यक्ष मञ्जु घिमिरेको स्वागत तथा सचिव बाबुराम बञ्जाडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित