रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

बिबिएस चौथो वर्षको परीक्षामा नेपालभरीमै द्वितीय बन्यो अक्सफोर्ड कलेज

 

बुटवल। बुटवल–७ सुख्खानगरमा रहेको अक्सफोर्ड कलेजले त्रिवि अन्तरगत बिबिएस चौथो वर्ष २०८० को परीक्षामा नेपालभरीमै द्वितीय नतीजा हासिल गरेको दावी गरेको छ ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी संगीता मरासिनीले त्रिवि अन्तरगतको बिबिएस चौंथो वर्षको परिक्षामा ८५ दशमलव ४ प्रतिशत अंक ल्याएर नेपाल द्वितीय भएको कलेजले दावी गरेको हो । २०६५ सालबाट संचालित बार्षिक प्रोग्रामहरु बिबिएस र बिएडका प्रोग्रामहरुमा उत्कृष्ट नतीजा ल्याएको अक्सफोर्डले २०८० सालको त्रिवि अन्तरगतको बिबिएस चौथो वर्षको परीक्षामा पनि उत्कृष्टता हासिल गरेको क्याम्पस प्रमुख मनोज मरासिनीले बताए ।

उनलेे  ब्यावहारीक ज्ञानमुलक, सीपमुलक र समयापेक्ष तथा अभिभावकहरुको चाहनाअनुसार २०७५ सालबाट त्रिविअन्तरगतकै बिएचएम र बिआइएमका प्रोग्रामहरुमा पनि नेपाल प्रथम र प्रदेश प्रथमका उत्कृष्ट नतीजा हासिल गरेको बताए  ।

कलेज प्रमुख मरासिनीका अनुसार हालै प्रकाशित त्रिवि अन्तरगतकै २०८० को बिविएस चौथो वर्षको नतीजामा कुल ९४ दशमलव ६ प्रतिशत सहित १६ जना विशिष्ट श्रेणीमा उतिर्ण भएका छन् ।

बिबिएस, बिएड, बिएचएम र बिआईएम संकाय अध्यायन गराउदै आएको अक्सफोर्डले २०७९ को बिएचएमको तेस्रो सेमेस्टरको परिक्षामा विद्यार्थी लक्ष्मण थापाले ३ दशमलव ९६ जिपिए ल्याएर नेपाल प्रथम बनेको कलेजका विभागिय प्रमुख बिष्णु बस्यालले जानकारी दिए । स्थापना कालदेखिनै अक्सफोर्डले उत्कृष्ट अंक ल्याउदै गरेको उल्लेख गर्दै उहाँले कलेजका बिभिन्न संकायमा एक हजार दुई सय ५३ विद्यार्थी अध्ययनरत रहेको बताए् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित