मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सहज सहकारी मनायो १२ औं स्थापना दिवस

बुटवल । सहज बचत तथा ऋण सहकारी सस्था लिमिटेड रुपन्देहीले आफ्नो १२ औं स्थापना दिवस एक कार्यक्रम गरि मनाएको छ ।

बुटवल –७ मा रहेको निलकण्ठ बाबाधाम आश्रममा रहेका विद्यार्थीहरुको लागि सस्थागत दस हजार पाँच तथा सदस्य को व्यक्तिगत सात हजार पाँच सय गरि कुल १७ हजार ५०५ रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्दै सहकारीले स्थापना दिवस मनाएको हो ।

सहकारीले आर्थिक मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न अवसरमा विभिन्न किसिमका सामाजिक संघ सस्था हरुलाइ सहयोग गर्दै आएको छ ।

स्थापना तथा दिपावली र छ्र्ठ पर्व को शुभकामना आदान प्रदान गरि सस्कृत भाषा को अध्यापन र बसोबास को समेत व्यवस्था रहेको धाममा नै पुगेर कार्यक्रम गरेको हो ।

सस्थाका कर्यवाहाक अध्यक्ष विशाल बेल्बासेको अध्यक्षता ,सस्थापक अध्यक्ष दिलिप रिजाल को प्रमुख आथित्यता कार्यक्रम संयोजक विष्णुमाया भन्डारी को स्वागत तथा उपाध्यक्ष कमल प्रकाश भुसाल को सन्चालन मा सम्पन्न भएको कार्यक्रममा सहकारी सस्था का सन्चालक सल्लाहकार तथा बाबाधामका संचालक र बिद्यार्थी हरु को उपस्थिति रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित