मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलका मेयरले पुराना कर्मचारी निकालेकोमा एमालेकाे आपत्ति

नेकपा एमालेले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी नगर सरकार चलाउन खोजेको र इगोका आधारमा पुराना कर्मचारी हटाएर आफू निकटलाई राख्न खोजेको भन्दै आपत्ति जनाएको छ ।

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै मेयर पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानूनी काममा दबाब दिने र नगरपालिकालाई आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

‘मेयर पाण्डेले संविधान र कानूनविपरीत स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिँदै आफ्नो व्यक्तिगत तजविजमा कानूनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको बेला व्यक्तिगत इगोमा कर्मचारीलाई निष्कासन गरी आफ्नालाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दबाब दिएको भन्दै एमालेले विज्ञप्तिमार्फत उक्त कार्यप्रति खेद प्रकट गरेको छ ।
बहुमतको दम्भमा गरिने असंवैधानिक क्रियाकलापले सिंगो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

मंगलबारमात्र मेयर पाण्डेसँग खटपट परेपछि बुटवलका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल काठमाडौं गएका छन् । उनले बुटवलमा मेयरसँग मिल्न नसकेको जनाउँदै सबै ठाउँमा सबै जना फिट हुन नसकेका कारण आफू हिंडेको बताए ।

उनी बुटवलमा हाजिर भएको डेढ महिनामात्रै भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित