तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मिडिया एक्सन फर रोड सेफटी संयोजकमा स्वस्तिक श्रेष्ठ

बुटवल । बुटवलबाट दुर्घटना न्युनिकरणको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था मिडिया एक्सन फर रोड सेफटीले नयाँ कार्यसमिति चयन गरेको छ । पत्रकारहरुको एक विशेष भेलाले पत्रकार स्वस्तिक श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको हो ।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको भेलाबाट संस्थाको सचिवमा डिबि सुस्लिङ तथा सदस्यहरु दिनेश श्रेष्ठ, प्रकाश आचार्य, ललित पाण्डे, कृष्ण खनाल, माधव पौडेल, तेजेन्द्र केसी, कपिल ज्ञवाली, विष्णु घिमिरे, हरिलाल बश्याल, रमेश पराजुली, अस्मिना पाण्डे, साबी अर्याल सर्वसम्मत चयन भएका छन । यसैगरि संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार शरण कर्माचार्य, भगवती पाण्डे, विश्वास ढकाल मनोनीत गरिएको छ ।

नवनिर्वाचित संयोजक श्रेष्ठले सडक सुरक्षा र सचेतनाको विषयमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गरि लुम्बिनी प्रदेशमा नै दुर्घटना रोक्ने अभियान चलाउने बताए । सोही संस्थाका अगुवाईमा मंसिरको पहिलो साता बुटवलमा बृहद कार्यक्रम हुने भएको पनि उनले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित