तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालबाट डाक्टरसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा उपचारका लागि खट्यो

 

बुटवल । जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनु पर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए ।

अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

१०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित