तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मदिरा व्यवसायी संघ भैरहवा द्वारा राहत वितरण

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले आफ्नो स्थापना दिवसको अवसरमा राहत वितरण गरेको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा राहत वितरण गरिएको कार्यक्रम संयोजक तथा संघका महासचिव केशव कुँवरले बताए ।

विगतमा पनि यो बाल गृहमा राहत वितरण गरिएको मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले बताए । उनले बालगृहमा इन्भटरको आवश्यकता भएको जानकारी पाएपछि राहतस्वरुप प्रदान गरिएको बताए । उनले भने, ‘बालगृहमा रहेका विद्यार्थीहरुलाई इन्भटरले विद्युत कटौती भएको समयमा पनि पठनपाठन कार्यमा सहयोग पुग्छ । वार्षिक कार्यक्रम अन्तर्गत नै राहत वितरण गरिएको हो । ’ संघले वार्षिक २५–२६ वटा कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले तेस्रो वर्ष पूरा गरी चौथो वर्ष पूरा गरेको मदिरा व्यवसायी संघ भैरहवाले उदाहरणीय कार्य र समाजमा क्रियाशिल संस्थाको रुपमा स्थापित भएको बताए । उनले भविष्यमा पनि यो संस्थाले यस्तै काम गर्दै जाने बताए । मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार समेत रहेका श्रेष्ठले सिद्धार्थ बाल गृहको भवन निर्माणका लागि आफ्नोतर्फबाट पहल थाल्ने बताए ।

विशिष्ट अतिथि नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले संस्थाले आगामी दिनमा पनि यस्तै राम्रा कामलाई निरन्तरता दिदै जाने विश्वास व्यक्त गरे ।

मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्रीले संघले विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

सिद्धार्थ बाल गृहकी सञ्चालक कृष्णमाया गुरुङले बाल गृह सञ्चालनका लागि आफ्नै भवन आवश्यक रहेको बताइन् । उनले समयसमयमा यहाँका संघ–संस्थाले बाल गृहलाई सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् ।

मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेले संघले आगामी दिनमा पनि बालगृहलाई सहयोग गर्ने बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता तथा कार्यक्रम संयोजक एवं महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

वि.सं. २०७७ सालमा स्थापना भएको यो संस्था विभिन्न आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित