निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

आर्थिक संकट समाधान हुँदै मुलुकमा अर्थतन्त्रले नयाँ गति लिएको छ –प्रधानमन्त्री प्रचण्ड

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन ।

बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकउत्सवमा बोल्दै प्रधानमन्त्रीले दाहालले देश आर्थिक रूपमा दबाबमा भए पनि सरकारको नेतृत्व गर्दा जस्तो अर्थतन्त्रको अफटयारो अवस्थामा मुलुक नभएको स्पष्ट पारे ।

‘आर्थिक मैले सरकारको नेतृत्व गर्दा जस्तो संकटमा छैन’ प्रधानमन्त्री दाहालले भने, ‘रेमिटयान्स २३ प्रतिशतले बढेको छ । मुलुकको सञ्चित पूँजी दश महिनालाई पुग्ने छ, पर्यटन क्षेत्र फस्टाएर सबैभन्दा धेरै पर्यटक नेपालमा आएका छन, राजश्व वृद्धि भएको छ । घरजग्गाको कारोबार फस्टाउदो छ । अब देशको अर्थतन्त्रले गति लिदै छ ।’

अर्थतन्त्रमादेखा परेको दबाब समाधान गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा वृहत समिक्षतात्मक कार्यक्रम गरी विशेष कार्ययोजना लिएर ल्याउने गरी सरकार अघि बढेको दाहालले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सकारकारले बैकको व्याजदर १ अंकमा झार्ने तयारीमा लागेको समेत जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित