तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आर्थिक संकट समाधान हुँदै मुलुकमा अर्थतन्त्रले नयाँ गति लिएको छ –प्रधानमन्त्री प्रचण्ड

बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन ।

बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकउत्सवमा बोल्दै प्रधानमन्त्रीले दाहालले देश आर्थिक रूपमा दबाबमा भए पनि सरकारको नेतृत्व गर्दा जस्तो अर्थतन्त्रको अफटयारो अवस्थामा मुलुक नभएको स्पष्ट पारे ।

‘आर्थिक मैले सरकारको नेतृत्व गर्दा जस्तो संकटमा छैन’ प्रधानमन्त्री दाहालले भने, ‘रेमिटयान्स २३ प्रतिशतले बढेको छ । मुलुकको सञ्चित पूँजी दश महिनालाई पुग्ने छ, पर्यटन क्षेत्र फस्टाएर सबैभन्दा धेरै पर्यटक नेपालमा आएका छन, राजश्व वृद्धि भएको छ । घरजग्गाको कारोबार फस्टाउदो छ । अब देशको अर्थतन्त्रले गति लिदै छ ।’

अर्थतन्त्रमादेखा परेको दबाब समाधान गर्न प्रधानमन्त्रीकै अध्यक्षतामा वृहत समिक्षतात्मक कार्यक्रम गरी विशेष कार्ययोजना लिएर ल्याउने गरी सरकार अघि बढेको दाहालले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले सकारकारले बैकको व्याजदर १ अंकमा झार्ने तयारीमा लागेको समेत जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित