तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सियारी ४ मा सुबिधा सम्पन्न वडा कार्यालय बन्दै

भैरहवा । रुपन्देहिको सियारी गाउँपालिका वडा नम्बर ४ को नयाँ वडा कार्यालय बन्ने भएको छ ।

२०८१ बैशाख मसान्त भित्र सम्पन्न गरिसक्ने वडा कार्यालयको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सिलन्यास गरेका छन् ।

१ करोड १७ लाख लागतमा निर्माण हुने भवन सुबिधा सम्पन्न र स्मार्ट वडा कार्यालय बन्ने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

कार्यालय भित्रबाट सम्पुर्ण प्रशाशनिक काम हुनुका साथै वडा अध्यक्ष सहित वडा सदस्यहरुका लागि कक्षको व्यवस्थापन हुने गरी भवन निर्माण गर्न लागिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

बजेटको सुनिष्चितता गरेर भवन निर्माणको कामलाई अगाडि बढाईएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उक्त कार्यालयबाट वडा कार्यालयले प्रवाह गर्ने कार्यसंगै हुलाक सेवा पनि सुचारु हुने पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

भवन निर्माणको जिम्मा मिना निर्माण सेवाले पाएको छ । भवनलाई सम्झौता मिति भित्रै सक्ने गरी निर्देशन दिएको वडा अध्यक्ष श्रीराम यादवले जानकारी दिए ।

सियारी ४ मा अहिले स्वास्थ्य सस्थाको भवनबाट सेवा प्रभाव गर्दै आईएको यादवले जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित