तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा एक दिने आत्मरक्षा तालिम प्रदान 

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजानमा एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

बुटवल –१२ ढवाहमा एक कार्यक्रमको आयोजना गरी तालिम प्रदान गरिएको हो ।

तालिमको औपाचारिक कार्यक्रमका विच शुभारम्भ गरियो । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष जीवन पौडेलको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले अपाङ्गता भएका व्याक्तिहरुको लागि विभिन्न सुरक्षाका चुनौतिकहरु रहेको भन्दै त्यसलाई समयमा नै सुरक्षाका उपायहरु अपनाएर आफु सुरक्षित हुन जरुरी रहेको बताएका थिए ।

उनले भने–‘‘जब सम्म सुरक्षित हुन सक्दैनौ हामी तब सम्म अगाडि बढ्न सकिँदैन । ’’ उनले बाटो क्रस गर्ने बेलामा, गाडिमा यात्रा गर्दा अर्को संग भेट्दा, कुरा गर्दा वा अपरिचत संगको भेटमा कुरा गर्दा लगायतका विषयमा जीवनशैली व्यतित गर्दा समेत आत्मरक्षाको आवश्यकता रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरासीनीले अपाङ्गता भएका व्याक्तिहरुलाई अहिले पनि हेर्दे दृष्टिकोणमा फरकरहेको भन्दै सामाज परिर्वतन भएको कुरा गरिएपनि व्यवहारतहः कार्यन्यवन कठिन भएको बताएका थिए ।

कार्यक्रममा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेल, अपाङ्गता स्वबलम्बन तथा शसक्तीकरण केन्द्रका अध्यक्ष रजिता रेग्मी, दृष्टिविहिन उत्थान संघ रुपन्देहीका उपाध्यक्ष शुनिल क्षेत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा आनौपचारिक सेवा केन्द्र(ईन्सेक) रुपन्देहीका प्रतिनिधि तथा सञ्चारकर्मी रिमा बिसीले तालिम प्रदान गरिकी थिईन । कार्यक्रम नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका कोषाध्यक्ष लोकेस डाँगीको स्वागत तथा सचिव समिक्षा ज्ञवालीको सञ्चालनमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित