तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कांग्रेस सभापतिको घरमा जुवा प्रकरण: इन्स्पेक्टरको नेतृत्वमा छानबिन समिति गठन

दाङ । जुवाको खालबाट इलाका प्रहरी कार्यालय हेकुलीका सई भीमबहादुर रावतसहितको टोलीले पैसा लुटेको घटनामा छानबिन समिति गठन गरिएको छ ।

जिप्रका दाङको निर्देशनमा इप्रका तुलसीपुरले प्रहरी निरीक्षक नवचन्द्र मल्लको नेतृत्वमा ३ सदस्यीय छानिबन समिति गठन गरेको हो । छानिबन समितिमा हवल्दार मधु केसी र जवान रामशंकर चौधरी छन् ।

इप्रका तुलसीपुरका इन्चार्ज डीएसपी ठाकुर पोखरेलका अनुसार छानबिन समितिलाई २ दुई दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

सई रावतको नेतृत्वको प्रहरीले नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिका सभापति सुरेश हमालको दंगीशरण ३ रावतगाउँस्थित घरबाट कात्तिक १ गते राति जुवा लुटेको आरोप लागेपछि छानबिन समिति गठन गरिएको हो ।

नेपालप्रेसले सई रावतसहित सहायक हवल्दार बेलबहादुर बोहोरा र जवान हिमाल शाहीले जुवाको खालबाट ८० हजार रूपैयाँ लुटेर भागेको समाचार सार्वजनिक गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित