फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य                
समाचार :

कांग्रेस सभापतिको घरमा जुवा प्रकरण: इन्स्पेक्टरको नेतृत्वमा छानबिन समिति गठन

दाङ । जुवाको खालबाट इलाका प्रहरी कार्यालय हेकुलीका सई भीमबहादुर रावतसहितको टोलीले पैसा लुटेको घटनामा छानबिन समिति गठन गरिएको छ ।

जिप्रका दाङको निर्देशनमा इप्रका तुलसीपुरले प्रहरी निरीक्षक नवचन्द्र मल्लको नेतृत्वमा ३ सदस्यीय छानिबन समिति गठन गरेको हो । छानिबन समितिमा हवल्दार मधु केसी र जवान रामशंकर चौधरी छन् ।

इप्रका तुलसीपुरका इन्चार्ज डीएसपी ठाकुर पोखरेलका अनुसार छानबिन समितिलाई २ दुई दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

सई रावतको नेतृत्वको प्रहरीले नेपाली कांग्रेस तुलसीपुर उपमहानगर समितिका सभापति सुरेश हमालको दंगीशरण ३ रावतगाउँस्थित घरबाट कात्तिक १ गते राति जुवा लुटेको आरोप लागेपछि छानबिन समिति गठन गरिएको हो ।

नेपालप्रेसले सई रावतसहित सहायक हवल्दार बेलबहादुर बोहोरा र जवान हिमाल शाहीले जुवाको खालबाट ८० हजार रूपैयाँ लुटेर भागेको समाचार सार्वजनिक गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित