भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

पर्यटन पत्रकार संघ पुनर्गठन

बुटवल । नेपाल पर्यटन पत्रकार महासंघमा आबद्ध पत्रकारहरुले संस्थाको नाम परिवर्तन गर्दै कार्यसमिति पुनर्गठन समेत गरेका छन् । संस्थाको नाम लुम्बिनी पर्यटन पत्रकार संघ बनाइएको छ ।
शुक्रबार पाल्पाको बसन्तपुरमा आयोजना गरिएको विषेश भेलाले उक्त निर्णय गरेको हो । भेलाले पुनः भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चएन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बेनिमाधव बस्याल, महिला उपाध्यक्षमा विष्णु खनाल, महासचिवमा कपिल ज्ञवाली, सचिव भुवन रायमाझी, महिला सचिव यमकला भुसाल र कोषाध्यक्ष प्रेम सुनार चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बबिता बिष्ट, रजनी योगी, लक्ष्मी तिमिल्सना, दिनेशकुमार श्रेष्ठ, भुवन जीसी, हरि घिमिरे, विष्णु डिसी तथा अभिशेक राव रहेका छन् ।
संघको पहिलो बैठकले सचिवालय समेत गठन गर्ने निर्णय भएको महासचिव कपिल ज्ञवालीले जानकारी दिए । संस्थाको नाम परिवर्तन भएपछि अब स्वतन्त्र रुपमा लुम्बिनी पर्यटन पत्रकार संघ दर्ता हुने उनले बताए । नाम परिवर्तनसंगै केन्द्रमा रहेको नेपाल पर्यटन पत्रकार महासंघसंग संस्था अलग भएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित