तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले स्वास्थ्य तथा जनसंख्या विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो ।

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे ।

अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो ।

शिविरबाट झण्डै ६०० विरामी सेवा लिएको स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य सुनील श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले आफूहरुको चाहना जनतालाई स्वास्थ्यप्रति सचेत गराउने उपचारको पहुँचमा ल्याउने रहेको बताए । सो अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।

सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य कमलेश यादव, उपसचिव हितराज पन्थी, सम्मरीमाई गाउँपालिकाका अध्इक्ष बिनोदकुमार श्रीवास्तव लगायतले बोलेका थिए ।

स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टीका नेता र जनताको सहभागिता रहेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित