भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एमाले स्वास्थ्य तथा जनसंख्या विभागद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्ला मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जिल्लाको दक्षिणी क्षेत्रका जनतालाई लक्षित गरी समरीमाईको पिपरिवरवाँसी आधारभूत विद्यालयमा हेल्थ क्याम्प गरेको हो ।

देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमले उद्घाटन गरे ।

अवसरमा बोल्दै मजदुर नेता समेत रहेको गौतमले जनताको पहिलो प्राथामिकतामा राज्यले स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने बताए । उनले राज्यले गर्नुपर्ने काम स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले गरेकोमा संगठनलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा फिजिसियन, हाडजोर्नी, महिला रोगको जाँच गरी औषधि पनि वितरण गरिएको थियो ।

शिविरबाट झण्डै ६०० विरामी सेवा लिएको स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य सुनील श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले आफूहरुको चाहना जनतालाई स्वास्थ्यप्रति सचेत गराउने उपचारको पहुँचमा ल्याउने रहेको बताए । सो अवसरमा निःशुल्क औषधि समेत विरतण गरिएको थियो ।

सो अवसरमा एमाले प्रदेश कमिटी सदस्य कमलेश यादव, उपसचिव हितराज पन्थी, सम्मरीमाई गाउँपालिकाका अध्इक्ष बिनोदकुमार श्रीवास्तव लगायतले बोलेका थिए ।

स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षता तथा सचिव केदार नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टीका नेता र जनताको सहभागिता रहेको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित