भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

आत्मबोध माविको जग्गामा भूमाफियाको रजाईं, अख्तियारमा प¥र्यो उजुरी

बुटवल । कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ मोतीपुर क्षेत्रमा रहेको कित्ता नं ५०२ उल्लेखित गुल्मीको एक विद्यालयको नाममा रहेको जग्गामा भू माफियाहरूले रजाइं गरेको खुलेको छ ।

श्रीआत्मबोध मावि मानकोट गुल्मीको नाममा उल्लेखित जग्गाबाट स्थानीय जग्गा व्यापारीहरूले व्यापार गर्न मनपरी बाटो निकालेर प्लटिङ गरी घडेरी बिक्री योजना समेत बनाएको समाचार छ ।

यसरी विद्यालयको जग्गामा मनपरी गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा उजुरीसमेत परेको छ ।

उक्त जग्गा डेढ बिगाह बढी छ । सो जग्गाको पछाडि विभिन्न किसानहरूसँग स्थानीय जग्गा व्यापारी सिद्ध अधिकारी लगायतका व्यक्तिले जग्गा खरिद गरी विद्यालयसंग सहकार्य नै नगरी मनपरी बाटो खोलेर प्लटिङ गरेपछि उक्त विषय अख्तियारमा पुगेको हो ।

उक्त विद्यालयको नाममा २०३६ सालदेखि ४ बिगाह जग्गा रहेको छ । सो जग्गा सुरुमा स्थानीयले जोतभोग गर्ने तथा विद्यालयलाई भाडाबापत केही रकम दिने गरेको विद्यालयको रेकर्डमा छ । पछिल्लो समय विद्यालयले जग्गाको प्रयोगमा ध्यान नदिंदा अहिले प्लटिङ गर्ने र किनबेचसमेत हुन स्थिति आएको हो ।

उक्त उजुरीमा सिद्ध अधिकारीले विद्यालयको जग्गा विष्णु गिरीको मिलेमतोमा दुरुपयोग गरेको आरोप लगाइएको छ । उता, आरोपित अधिकारीले आफूले दुई वर्ष अगाडि धर्मराज खनालसंग ११ कठ्ठा जग्गा खरिद गरी अहिले बाटो बनाउने काम गरेको बताए ।

उनले आफूले विद्यालयको जग्गा नमिची उनीहरूले बनाएको सडकसंग जोड्ने काम मात्र गरेको बताए । विद्यालयको जग्गामा खानेपानी टंकी पनि निर्माण हुंदैछ । यस्तै केही ठाउंमा सडक खोलिंदै छ । तर यसबाट विद्यालय परिवार बेखवर जस्तै रहेको छ ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद ज्ञवालीले यस बारे केही थाहा नभएको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित