लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा २०० जना महिलाले लिए सेवा

बुटवल । नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ शाखा कमिटीको आयोजनामा शनिबार पाठेघरको मुखको क्यान्सर निदान सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुटवल ४ थकाली समाजको भवन परिसरमा आयोजना गरिएको शिविरमा २०० जना महिलाले चेकजाच गराएको शाखा कमिटीका अध्यक्ष नेदिराम ज्ञवालीले जानकारी दिए ।

शिविरमा महिला तथा प्रसुतिरोग बिशेषज्ञ डाक्टर प्रयाश्चित श्रेष्ठ,डा । सदिक्षा चापागाई, डा.गोकर्ण पन्थी, डा.रमेश भट्टराई,डा. अनिता पूनको टोलीले महिलाहरुको स्वास्थ्य चेकजाच गरेका थिए ।

स्वास्थ्य शिविर कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका निबर्तमान उपप्रमुख तथा नेकपा एमालेका केन्द्रिय सदस्य गुमादेबि आचार्यले एमालेले महिलाको स्वाथ्य प्रति संवेदनशिल भएर शिविर आयोजना गरेकोमा धन्यबाद ब्यक्त गरिन ।

आचार्यले महिलाहरु स्वस्थ भए मात्रै परिवार,समाज र राजनीतिमा पनि महिला सहभागिता र सक्रियता हुनसक्ने भएकाले यस्ता खालका कार्यक्रम निरन्तर गर्न आवश्यक रहेको बताईन । उनले नेपाली महिलाहरुमा पाठेघरको मुखमा हुने क्यान्सरले बिकराल रुप लिइरहेको भन्दै समयमै महिलाहरु आफ्नो स्वास्थ्य प्रति सचेत हुनुपर्ने बताईन ।

स्वास्थ्य शिविरमा चेकजाँचको क्रममा महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने लगायतको समस्या भेटिएको महिला तथा प्रसुतिरोग बिशेषज्ञ डाक्टर प्रयाश्चित श्रेष्ठले बताए । डाक्टर श्रेष्ठले यसबाट जोगिन बेलाबेलामा पाठेघरको चेकजाच गर्न आग्रह गरे ।


पाठेघरमा हुने क्यान्सरको कारण महिलाहरुले ज्यान गुमाउन पर्ने अवस्था नआओस र यो समस्या केहीभएपनि न्यूनीकरण होस भन्ने उदेश्यले शिविर आयोजना गरिएको एमाले शाखा कमिटी ४ का अध्यक्ष नेदिराम ज्ञवालीले बताए ।

कार्यक्रममा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य टंक पराजुलीले मानिस स्वस्थ हुन सकेमात्रै जस्तासुकै कामहरु गर्न सक्ने बताउदै पार्टीले निरन्तर यस्ता स्वास्थ सम्बन्धी शिविरहरु निरन्तर आयोजना गर्न आवश्यक रहेको बताए ।

शिविरमा प्रदेश कमिटी सदस्य हरि कार्की, एमाले बुटवल नगरका अध्यक्ष किशन ज्ञवाली, उपाध्यक्ष शोभाखर पोखरेल , सचिव मेघराज भट्टराई , जिल्ला कमिटी सदस्य तथा बुटवल नगर इन्चार्ज ऋषिराम पाण्डे , नगर सह इन्चार्ज यम पाण्डे लगायतको सहभागीता रहेको थियो ।
शिविरमा उपचार पश्चात निशुल्क औषधि समेत वितरण एमाले शाखा कमिटी सचिव बिण्णु पाण्डेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित