मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

ट्राफिक तथा दुव्र्यसनी प्रशिक्षण तथा गायन प्रतियोगिता सम्पन्न

बुटवल । तिलोत्तमा १४, रेहरामा रहेकोसरस्वती आधारभूत विद्यालयमा शुक्रबार ट्राफिक तथा दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण तथा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न भएको छ ।

जसमध्ये ट्राफिक तथा दुव्र्यसनविरुद्ध प्रशिक्षणमा विद्यार्थीहरुलाई सडकपेटी, जेब्राकस, आकासेपुल लगायत ट्राफिक नियमसम्बन्धी जानकारी र दुव्र्यसनी हुनुका कारण र त्यसबाट बच्न अपनाउनुपर्ने उपायका बारेमा चिलिया प्रहरी चौकीका प्रमुख सही सुदन पन्थीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं. १४ का वडाध्यक्ष आश्विन पौडेलले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरका लागि वडा कार्यालय र तिलोत्तमा नगरपालिका लागिरहेको बताए । साथै उनले आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न वडाले आफ्नो तर्फबाट सहयोग गरिरहने बताउँदै शिक्षक शिक्षिकाहरूले पनि यस विद्यालयका विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागि आआफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाको अध्यक्षता, तिलोत्तमा १४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यता, शिक्षक अभिभावक संघका अध्यक्ष रामानन्द केवट, विद्यालय सल्लाहकार समितिका संयोजक हरिराम केवट, वि.व्य.स. सदस्य असरानी थारु र राममिलन केवट, सल्लाहकार सदस्य अर्जुन केसी र धनेश बानियाँ लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्र.अ. कमला शर्मा गौतमले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

त्यसैगरी विद्यालयमा पुस्तक रहित शुक्रबारे कार्यक्रम अन्तर्गत राधा भुसालको संयोजकत्व र अतिरिक्त क्रियाकलाप संयोजक यामबहादुर खड्काको अध्यक्षता, प्रअ कमला शर्मा गौतमको प्रमुख आतिथ्यता तथा ममता पौडेलको सञ्चालनमा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामध्ये कक्षा ५ देखि कक्षा ८ सम्म भएको प्रतियोगितामा हरियो सदनकी अनिशा धरिकार प्रथम, सेतो सदनका सुमित पुन द्वितीय, सेतो सदनकी अञ्जली थारु तृतीय र हरियो सदनकी पार्वती केवटले सान्त्वना स्थान हासिल गरेका छन् भने कक्षा ४ सम्मका विद्यार्थीहरूबाट कक्षा १ की मधु बानियाँ प्रथम भएकी छन् ।

प्रतियोगितामा पुरुषोत्तम पाण्डेय, दिलमाया पुन र भागिरथी पुनले निर्णायक मण्डल तथा कन्याकुमारीले समयपालकको भूमिका निर्वाह गरेका थिए भने सुष्मा बानियाँ, रेनु थारु र बेचन केवटले सहयोगी भूमिका निर्वाह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित