दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अब बन्ने गठबन्धनको सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्छ : शाह

बुटवल ।
रुपन्देही क्षेत्र नंं ५ मा गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले निर्वाचनपछि नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
रुपन्देही क्षेत्र नं. ५ अन्तर्गतका विभिन्न स्थानमा विहिवार भएको घरदैलो तथा चुनावी सभालाई सम्वोधन गर्दै उम्मेदवार शाहले यसअघि गाउँब्लकको समस्या समाधान भएको बताउँदै आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्वमा वन्ने सरकारले सुकुम्वासी समस्या समाधान गरेर छाड्ने प्रतिवद्धता जनाए ।
एनले रुपन्देही ५ मा धेरै विकासका काम भएको बताउँदै आगामी दिनमा पनि क्षेत्र नं. ५ का साना साना योजना पनि सम्पन्न गर्ने गरी त्यसलाई संघ, प्रदेश र पालिका स्तरमा विभाजन गरि अघि बढाउने बताए ।
त्यसैगरी कार्यक्रममा रुपन्देही ५ क बाट गठबन्धनका तर्फबाट प्रदेश सभाका उम्मेदवार नेकपा माओवादीका केन्द्रिय सदस्य विनोद पहाडीले गठबन्धनको तर्फबाट आफू उम्मेदवार बनेको बताउँदै स्थानीय स्तरका समस्या समाधान गरि क्षेत्रलाई विकासको गतिमा अघि बढाउने प्रतिवद्धता जनाए । उनले विगतमा नेकपा एमालेको सरकारले विकासका नाममा केही पनि नगरेको भन्दै अहिले धेरै काम गरेको भनेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाए ।
कार्यक्रममा बोल्ने गठबन्धनका नेता कार्यकर्ताहरुले मंसिर ४ गते हुने निर्वाचनबाट गठबन्धनको जीत सुनिश्चित हुने यहाँका मतदाताको गठबन्धन दलहरुप्रतिको विश्वासले देखिएको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित