दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवल उद्योग वाणिज्य संघमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी, जिताउन अपिल

बुटवल उद्योग वाणिज्य संघ निर्वाचनको  माहौल  तीव्र रूपमा अगाडि बढेको छ ।  बुटवलका उद्योग वाणिज्य  संघमा  युवा उद्योगी कृष्ण प्रसाद  पाण्डेयको उम्मेदवारी रहेको छ ।
संघको यही  १९ गते  सुरु हुने अधिवेशनमा  अहिले दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू  नेतृत्व लिनको लागि मैदानमा पुगेका छन् ।
सोही क्रममा  अहिले  दिनेश श्रेष्ठ र  हरि  प्रसाद  अर्यालले छुटा छुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् ।
महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले  दिनेश  श्रेष्ठको प्यानलबाट मैदान  गएका छन् ।
युवा तथा सामाजिक रूपमा विभिन्न सङ्घ संस्थाको  नेतृत्व गरेका पाण्डे  व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता  राख्ने दाबी गर्दछन् ।
उनले रुपन्देही किराना व्यावसायिक सङ्घको  महा सचिव हुँदै अहिले सल्लाहकार रहेका छन् ।
यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय  प्रस्ट वक्ताको रूपमा चिनिन्छन् ।
बुटवलको मिलन चोकमा किरानावाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि  सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित