तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दशैं तिहारलाई लक्षित गर्दै बुटवलको डेल्टा मार्टमा जुत्ता र लुगा खरिदमा अफरै अफर

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्प्लेक्समा रहेको नेपाली जुत्ता घर र नेपाली लुगाघरमा चाडर्पव लक्षित छुट योजना ल्याएको छ ।  गत बैशाख १ गतेदेखि सञ्चालन भएको नेपाली जुत्ता घर तथा यही आश्विन ३ गतेदेखि नेपाली लुगा घर सञ्चालनमा आएका हुन् ।

नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आम उपभोक्तालाई लक्षित गरि नेपाली जुत्ताघरले आश्विन १७ गतेदेखि कार्तिक ४ गतेसम्म १० प्रतिशत देखि ५० प्रतिशतसम्म नगद छुट प्रदान गर्नुको साथै प्रथम खरिद गर्ने २ हजार जना ग्राहकलाई कम्तीमा ५०० सयको जुत्ताचप्पल वा लुगा घरको कपडा खरिदमा एक जोर चप्पल निःशुल्क उपहार दिने भएको छ ।  नेपाली लुगाघरले पनि १० प्रतिशतको छुट राखेको छ ।

दशैं तिहार विशेष छुट योजना बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जुत्ताघरका सञ्चालक रुद्र प्रसाद न्यौपानेले स्वदेशी उत्पादन र ब्राण्ड नेपाली जनताको घर घरमा उपभोग होस भन्ने हेतुको साथ यो अभियानको थालनी गरिएको बताए ।

नेपाली  जुत्ता घरमा शिखर सुज, बिएफ डियर हिल, रन सुज, सुल्याण्ड, ब्लाक हर्स, टुरिष्ट, क्रसरोड, फस्टवाक, स्मार्टस् गरी ९ वटा ब्राण्ड रहेका छन् भने नेपाली लुगाघर अन्तर्गत फ्रिडम, भर्जिनस्, याक एण्ड न्याक, गोफि, ट्याग र केके गरी ६ वटा ब्राण्ड रहेका छन् । नेपाली लुगा घरका सञ्चालक प्रकाश भुषालले देशकै प्रतिष्ठित नेपाली ब्रान्डका जुत्ता, कपडा विक्रि  स्थलको रुपमा डेल्टा मार्टलाई चिनाउने गरी योजना बनाईएको जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित