तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मी मालिका ६ अर्जैका ३० भन्दा बढि युवा एमालेमा प्रवेश

बुटवल । नेपाली कांग्रेस पार्टी परित्याग गरी गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जैमा ३० जना भन्दा बढि युवा एमालेमा प्रवेश गरेका छन् । मालिका गाउँपालिका वडा नं. ६ का विभिन्न स्थानमा भएको पार्टी प्रवेश कार्यक्रममा युवा नेता गगन विष्टको नेतृत्वमा ३० जना भन्दा बढि युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।

एमाले प्रवेश गरेकाहरुलाई एमाले सचिव एवं गुल्मी क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोकर्ण विष्टले टिका तथा माला लगाएर स्वागत गरेका थिए ।


सो अवसरमा बोल्दै नेता विष्टले युवालाई देशमै स्वरोजगार बनाउनुका साथै युवाहरुलाई विदेश पलायनबाट रोक्ने योजना एमाले संग मात्र रहेको बताए । उनले गुल्मेली धेरै युवाहरु नेपालमै विभिन्न क्षेत्रमा रहेर चर्चा कमाइरहेको उल्लेख गर्दै नेकपा एमाले युवालाई विदेश पठाएर रेमिटान्स बाट मुलुक चलाउने पक्षमा नभई युवालाई देशभित्र राख्ने र समृद्ध नेपाल निर्माणको सम्बाहक युवालाई बनाउने बताए ।
साथै नेता विष्टले गुल्मीको थप विकास जनताले फेरी एकपटक एमालेलाई सुम्पिनुपर्ने बताए । अहिले गुल्मी–२ का विभिन्न स्थानमा सडकहरु निर्माण भइरहेको बताउँदै नेता विष्टले अब सडक पुर्वधारको क्षेत्रमा गुल्मीले फड्र्को मार्ने बताए ।

गुल्मी–२ मा मात्र १ सय भन्दा बढि सडकका योजना कार्यान्वयनको क्रममा रहेको भन्दै सडक सञ्जाल आगामी ५ बर्ष भित्रमा जिल्लाभर फैलने उनले बताए ।

सडकका अलवा पक्की पुल निर्माणलाई पनि आफुले प्राथमिकतामा राखेर योजना पारेको उनले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत ४ वटा पक्की पुल निर्माणका लागि ठेक्का भइसकेको र काम पनि जारी रहेको बताउँदै गुल्मी २ मा आगामी ५ बर्ष भित्रमा कार्यान्वयनको चरणमा रहेका ५० भन्दा बढि पुल निर्माणको काम सम्पन्न हुने बताए । साथै उनले विद्युक्तिकरण, खानेपानी, स्वास्थ्य, विद्यालयका भवन निर्माणको योजनालाई पनि अघि बढाउने बताए ।

आफु निर्वाचित भएर गइसकेपछि सधै जनताको सेवामा सर्मपित भएर काम गरेको स्मरण गर्दै नेता विष्टले फेरी पनि गुल्मी–२ का जनताको सेवक बन्न आफु तयार रहेको बताए ।
पुर्वउर्जा मन्त्री समेत रहेका नेता विष्टले अहिले आफुले ल्याएका कतिपय क्रमागत योजनालाई विपक्षीहरुले आफै ल्याएको भन्दै कुप्रचार गरेको बताउंदै विपक्षी नेताहरुले अहिले सम्म १० हजार बराबरको योजना गुल्मी–२ मा नपारेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित