बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

तिलोत्तमामा खुल्यो ६० करोड लगानीमा सिद्धार्थ भूमि ग्रुप

रुपन्देहीको तिलोत्तमा नगरमा सिद्धार्थ भुमी ग्रुप संचालनमा आएको छ ।

राम प्रसाद घिमिरे, ब्यवसायीहरु रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र ईन्टेरियर सामानको थोक बिक्री केन्द्रको शोरुम संचालनमा आएको हो ।

विगत २५ वर्षदेखि फर्निचर, प्लाईउडको क्षेत्रमा अनुभवी रहेका तीन जनाले सञ्चालनमा ल्याएको सिद्धार्थ भुमी ग्रुप भित्र एउटै छानामुनी सबै निर्माण सामग्री उपलब्ध हुने सिद्धार्थ भूमी ग्रुप निर्देशक रितेश सिलवालले बताए ।

एक बिगाहा क्षेत्रफलमध्ये १४ हजार स्क्वायर फुटमा आकर्षक स्वरुम तयार गरिएको अहिलेसम्मकै ठूलो भएको उनले दाबी गरे । पहिलो चरणमा दुई वटा शाखासहित शुक्रबारदेखि सञ्चालन शुभारम्भ हुने निर्देशक सिलवालले बताए ।

‘देशका मुख्य शहरहरुका शाखा खोल्ने लक्ष्य अनुसार काठमाडौं जडिबुटी र बुटवलको मिलनचोकमा सेवा शुभारम्भ हुने छ’— उनले भने । शोरुममा लाईट्स, टायल्स, सेनेटरी, फर्निचर, पाईप एण्ड फिटिङ्सका विश्वप्रसिद्ध र नेपालका सबैजसो ब्राण्ड उपलब्ध हुने उनले बताए । उद्घाटन अवधिमा खरिदमा उपभोक्तालाई छुटको ब्यवस्था गरिएको उनले बताए ।

ग्रुपका संचालक राम प्रसाद घिमिरेले फिलिप्सको आधिकारिक बिक्रेताका रुपमा लाईट्स, यसैगरी सेनेटरीमा पेरी र रोक्का जस्ता ब्राण्ड, स्वदेशी ग्रिनल्यानका सनमाईकाको आधिकारिक बिक्री गरिने बताए । यसैगरी डाईमेक्सको युपिभिसी समेत उपलब्ध रहेको उनले बताए ।

ग्रुपका संचालक नारायण केसीले बिक्रीपछिको सेवालाई प्राथमिकता दिने गरी काम गर्ने सोच अघि बढाएको बताए । विश्वभरकै नाम चलेका मेक्स, पेरिवेयर, सिमपोलो, रोका, नियोप्लास्ट, टोनिस प्रोफाईल, फिलिप्स लाईटस एण्ड स्विच, बोस प्रडक्ट, एचएल युपिभिसी, आलुक, कालपटरु डोर एण्ड प्लाईउड, ग्रिनलाम लेमिनेशन, गेभिसा, मेनहोल, पञ्चकन्या, मिकासा डोर एण्ड फ्रेम, फेभिकोल, जोनसन, रेहाउ, हेसा सटरिङ प्लाईउड, पान्स आर, पाईप एण्ड फिटिङ्सका सामग्रीहरु एउटै थलोबाट सुपथ मूल्यमा उपलब्ध हुने हुँदा पनि उपभोक्ताको मन जित्ने दाबी गरे ।

निकट भविष्यमा ईटहरि र पोखरामा शाखा खोल्ने तयारी रहेको उनले बताए । एक सय जनालाई रोजगार दिन सफल भएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित