भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव हुने

बुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव २०८० हुने भएको छ । शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा असोज १२ गतेदेखि २३ गतेसम्म १६ दिन महोत्सव गर्न लागेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७को संरक्षकत्वमा महोत्सव गर्न लागेको क्लबका मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।

रानिगन्ज जाऔँ राष्ट्रिय कलाकार सँगै रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुन महोत्सवमा १ सय स्टल रहने क्लब राम दर्जीले जानकारी दिए। कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले गर्ने छन् ।

अध्यक्ष राम दर्जीले थोरै खर्चमा महोत्सव व्यवस्थापन हुने बताए। उनले महोत्सव सञ्चालन गर्न ४० लाख खर्च हुने बताए । महोत्सवमा खाद्यान्न एव फेन्सी सामग्रीका स्टलहरू रहने छन् भने स्टल शुल्क ८ देखि १२ हजार तोकिएको छ ।

महोत्सवमा प्रवेशका लागि १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ७० रुपैयाँ तथा अपाङ्ग असहाय तथा ज्येष्ठ नागरिक लाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको क्लबका सचिव अनिल सुनारले जानकारी दिए । महोत्सवमा ५० लाखको कारोबार र ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित