मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलमा मोहम्मद डे को तयारी पुरा, आज हाजिरीजवाफ सम्पन्न

बुटवल । बुटवलको मुस्लिम समुदायले यस वर्षको १४९८ औं महोहम्मद डे धुमधामका साथ मनाउने भएका छन् । मुस्लिम समुदायले अल्लाहको दुतकारुपमा मान्दै आएको ईस्लामको पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सव उपलक्ष्यमा आज बुटवलमा हाजीरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ ।

आयोजक रजा-ए-मुस्तफा जामे मस्जिद समिति परिवार बुटवलले आयोजना गरेको प्रतियोगितामा गुल्शन ए भिका मदरसा प्रथम, कादरीया हिसामुल उलुम मदरसा दोस्रो, मदिना बोर्डिंग स्कुल तृतिय र रजा ए मुस्तफा आधारभुत विधालयले सांत्वना पुरस्कार प्राप्त गरेका छन् ।

अध्यक्ष हाजी मोहम्मद ईस्माईलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको हैसियतले संस्थाका पुर्व अध्यक्ष हाजी अ‍ैयुवदिन मिया, अध्यक्ष ईस्माईल लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

मोहम्मद डेको कार्यक्रम तालिका अनुसार १० गते बुधबार बुटवल-११ देविनगरमा अवस्थित नेपाल अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरिने वरिष्ठ उपाध्यक्ष हाजी अब्दूल सहमतले जानकारी दिए । यसैगरि सोही दिन साँझ ७:३० देखि १० बजेसम्म मिलादुन्नबी कार्यक्रम आयोजना गरिएको छ ।

असोज ११ गते विहिबार विहान झांकी सहित ¥यालीले बुटवल बजार परिक्रमा गर्ने कार्यक्रम तय गरिएको सचिव जनूर दिन वारसीले जानकारी दिए । ‘यौमे बिलादत’लाई हर्सोउल्लासका साथ मनाउन सम्पूर्ण तयारी पूरा भएको समितीले जनाएको छ । सप्ताहव्यापी कार्यक्रममा समिति अन्तरगत रहेका ५ हजार बढी मुस्लिम समुदायहरु सहभागी हुने आँकलन गरिएको छ ।

सो दिनको ¥यालीमा इस्लाम समर्थकहरुले सरकार की आमद मरहबा, रसुल की आमद मरहबा, दिलदार की आमद मरहबा, लब चूम के बोलो मरहबा, दिल खोलकर बोलों मरहबारमरहबा या मुस्तफ़ा मरहबा या मुस्तफा जस्ता नारा लगाउने गर्दछन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको थियो । त्यसै दिन विश्वभरका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी हजरत मोहम्मदको जन्मोत्सव मनाउने गर्दछन् । जन्मदिनको खुशीयालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित