युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा वेल्डिङ व्यवसाय तालीम सुरू

बुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल–१२ तामनगरमा रूट इन्डष्ट्रिज अन्तरगर्त वेल्डिङ व्यवसाय तालीम सुरू भएको छ ।

दक्षिण कोरियामा सीपयुक्त जनशक्ति पठाउन उद्देश्यले देशभरबाट छनौट भएका ३५ जना युवालाई २४० घण्टाको वेल्डिङ तालीम सञ्चालन भएको हो । तालीममा सहभागी युवा सीप परिक्षण तथा भाषा परिक्षापछि छनोट भई कोरिया जानेछन । तालीमको सोमबार नेकपा एमालेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै पूर्व मन्त्री श्रेष्ठले आजको समयमा सीप नंै पहिलो र आधारभूत कुरा भएको उल्लेख गरे । उनले विश्वका जुनसुकै कुनामा गएर आफूलाई रोजगार वा स्वरोजगार गराउन प्राविधिक शिक्षाको खाँचो औल्याए । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संसारको बजारले सीपसहितको युवा खोजहेको बताए ।

उनले हरेक व्यक्तिले सीप सिक्न आवश्यक रहेको बताउँदै सीप भएको व्यक्तिलाई नेपालमा पनि ठूलो अवसर रहेको बताए । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल नवीन किशोर गैरेले पाइलट प्रोजेक्ट अन्गरगर्त तालीम सुरू गरिएको बताए ।

शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख रुपन्देहीका प्रमुख माधव बन्जाडे प्राविधिक शिक्षामा विद्यार्थी पाउनंै गाह्रो भएको बताउँदै टेक्निकल शिक्षा पनि साधारण शिक्षा जस्तै भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश निर्देशक तथा सिटिईभिटिका प्रमुख गोपाल आचार्य, इन्जिनियर अमर अधिकारी, रिटर्नीहरुका प्रतिनिधिका गम्भीर गुरूङ, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल लगायतले बोल्दै इपिएस प्रणालीको परीक्षाको व्यवस्था पनि बुटवल क्षेत्रमा हुनुपर्नेमा जोड दिएका थिए ।

शिक्षालय प्रमुख वि.स. २०६९ सालदेखि ३ वर्षीय डिप्लोमा तह बहुप्राविधिक तालिम सञ्चालन गर्दै आएको छ । प्राविधिक शिक्षामा उत्कृष्ट बनेको शिक्षालयमा ९०० विद्यार्थी अध्ययनरत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित