तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आईतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काउन्टरको शुभारम्भ गरे ।

 

विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको छ ।

अस्पतालले यसअघिनै ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरि सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मन्त्री खनालले प्रदेशको गहँनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमिकतामा राखेको बताए । उनले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिए ।

अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारको बारे लिखित जानकारी गराउन निर्देशन दिँदै मन्त्री खनालले कम्तिमा मासिक रूपमा समस्याका बारेमा छलफल गरि समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले विवाद नआउने गरि पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए । अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सीमित जनशक्तिले धेरै काम गर्नु पर्ने भएको गुनासो गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सरकारको अस्पताल सञ्चालन सम्बन्धी कार्यविधिमाथि टिप्पणी गर्दै श्रेष्ठले ५ सय सैय्याको अस्पतालका लागि १६ सय जनशक्ति आवश्यक पर्नेमा ७ सय सैय्याको लुम्बिनी प्रादेशिक अस्पतालमा ७ सय जनशक्तिले काम चलाउनु परेको गुनासो गरे ।

यसैगरी २ सय सैय्या क्षमताको अस्पताललाई प्रदेश सरकारले नियमन गर्ने भनिए पनि पाँचसय सैय्याको क्षमताभन्दा माथिका अस्पताललाई प्रदेश सरकारले हेर्नू परेको भन्दै त्यसको व्यवस्थापन बारे छलफल चलाउन आवश्यक रहेको बताए ।

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुर्दशन थापा क्षेत्रीले सेवा बिस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्न आउने बिरामीको लागि सहज भएको बताए । उनले अब केही समयमै क्याथ ल्याव संञ्चालनको तयारी भैरहेको बताए ।

डा. थापाले अस्पतालमा पिआईसीयु प्रसूति सेवा, बर्थिड सेन्टर, निसन्तान किल्निक सेवा सुरु भएपछि आएका बिरामीलाई वाहिर रिफर गर्नु पर्ने समस्या अन्त्य भएको बताए ।

बुटबल उपमहानगरपालिका मेयर खेलराज पाण्डेयले अस्पतालको बिकास र सेवाको लागि सबैको ध्यान जान जरुरी रहेको बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा बिस्तारसँगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित