मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

मोनिका क्षेत्रीले बुटवलमा खोलिन् डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक

बुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् ।

दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

क्लिनिकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् । ‘स्किन एण्ड हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक बार गरी २ जना डाक्टर आउनु हुन्छ ।’–उनले भनिन् ।

क्लिनिकमा छाला र कपाल सम्बन्धी कपाल प्रत्यारोपण, लेजर र हाइड्रा फेसीयल लगायत १५ प्रकारका उपचार सेवा दिइने उनले बताइन् ।

साथै फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताइन् । यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नु धेरै राम्रो भएको बताइन् । साथै मोनिका क्षेत्री आफुले सिकाएको विद्यार्थी रहेको र आफुले सिकाएको विद्यार्थीले गरेको कामबाट धेरै खु्शि लागेको बताइन् ।

क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताइन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित