लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

मोनिका क्षेत्रीले बुटवलमा खोलिन् डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक

बुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् ।

दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी हुन् ।

क्लिनिकमा केन्द्रिय कारागार अस्पताल, पिपुल हस्पिटल लगायतका अस्पतालमा लामो समयदेखि काम गर्दैै आएका वरिष्ठ छाला तथा सौन्दर्य रोग विशेषज्ञ डा.विक्रान्त ढकाल र काठमाडौँ किल्निक अफ कस्मेटिक सर्जरीमा कार्यरत डा.ज्योति शाहले सेवा प्रदान गर्ने प्रबन्धक निर्देशक क्षेत्रीले बताइन् । ‘स्किन एण्ड हेयरमा काठमाडौँबाट नै डाक्टर आउनु हुन्छ । अहिले तत्कालको लागि हप्ताको एक पटक फरक फरक बार गरी २ जना डाक्टर आउनु हुन्छ ।’–उनले भनिन् ।

क्लिनिकमा छाला र कपाल सम्बन्धी कपाल प्रत्यारोपण, लेजर र हाइड्रा फेसीयल लगायत १५ प्रकारका उपचार सेवा दिइने उनले बताइन् ।

साथै फर्मासिस्ट दिपक क्षेत्री ,नर्स जुही श्रेष्ठले भने दैनिक रुपमा सेवा प्रदान गर्ने बताइन् । यस्तै पत्रकार सम्लेनमा वरिष्ठ सौन्दर्यकर्मी मोना पाठकले एकै जनाले शैलुन र स्किन सम्बन्धी काम गर्दा समास्या आउने गरेकाले व्यवसायीक रुपमा नै शैलुन र स्किन केयर संचालन गर्नु धेरै राम्रो भएको बताइन् । साथै मोनिका क्षेत्री आफुले सिकाएको विद्यार्थी रहेको र आफुले सिकाएको विद्यार्थीले गरेको कामबाट धेरै खु्शि लागेको बताइन् ।

क्लिनिक शुभारम्भको अवसरमा केही दिनका लागि सबै प्रकारका उपचारमा १० देखि २० प्रतिशतसम्म छुटको प्रदान गरिने बताइन् । शैलुन र स्किन एण्ड हेयरमा गरी १ करोड ५० लाख लगानी रहेको सो शैलुनमा अहिले १२ जनाले रोजगारी पाएका छन् । स्किन एण्ड हेयरमा थप ५ जनाले रोजगारी पाउने उनले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित