यस वर्षको मनसुनमा वर्षा र तापक्रम सरदरभन्दा बढी हुने प्रक्षेपण श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य तीन प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी? आज श्रमिक दिवस मकै पौल्ने, सालको पात विक्री गर्ने तथा ई-रिक्सा चलाउने श्रमिकलाई बुटवलमा सम्मान समाजसेवी तिलप्रसाद भट्टराईको सहयोगमा अक्षय तृतीया विशेष कार्यक्रम लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरी चल्ने पूर्वानुमान यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ गतेसम्म राति सवारी आवागमन रोकिने लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित                
समाचार :

आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार

  • नेपालका ७० जिल्लामा बजार विस्तार 
  • बुटवल । बुटवलका व्यवसायी सकुरदिन मियाले २ दशक बढि भाँडाको व्यापार गरे । तानसेन नगरपालिका–५ बाट ०४८ सालमा बसाई सराई गरेर आएका सकुरदिन बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए ।

    उमेरले ५६ बर्ष लागेका सकुरदिन भाडा व्यापार बाटै ३ छोराहरुलाई शिक्षाको उज्यालो बाटोमा डोराए ।

    छोराहरु जलिल मिया अहिले बावुले गरेकै व्यवसाय पछ्याउँदै भाडा पसल गर्छन । माईलो छोरा डा. खलिल मिया लुम्बिनी प्रादेशिक अस्पतालमा छन् । कान्छो छोरा २८ बर्षिय फरदिन खान (मिया) जिल्लाकै ठुलो जुत्ता उद्योग मध्येको एक ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ का सञ्चालक हुन ।

    गाउँमा रहदा पनि सकुरदिन चुरा पोते मेलामा लगेर विक्रि गर्थे । गाउमै पढे हुर्केका सकुरदिन संग व्यापार गर्ने जागर गाउँमै रहदा थियो । उनका कान्छा डोरा फरदिन पनि आमा बुवाको पछि पछि व्यापार गर्ने ठाउँमा पुग्थे । त्यसैले सानो उमेर देखि फरदिनको व्यापारमा लगाव भयो ।

    बुटवलमा पढे लेखेर हुर्केका फरदिन अरु धेरैलाई जस्तो सपनाको शहर ‘क्यानडा, जापान, अष्ट्रेलिया, अमेरिका, बेलाएत आदि’ भएन । उनले बुवाले देखाएको सतकर्मको बाटोमा लागे ।

    बुटवलको न्यू होराईजन कलेजबाट प्लस टू सकेपछि फरदिन व्यवसायमा लाग्ने सोच बनाए । बुवा सकुरदिनले जुत्ता उद्योग सञ्चालन गर्ने योजना बनाए ।

    उमेरले भर्खर २८ बर्ष भएका फरदिन अहिले ४० करोडको लगानी पुगेको ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ का सञ्चालक हुन । यो उद्योगमा मुवारक हुसेनको पनि सेयर छ ।

    बुवाले चलाएको भाडा पसल जेठा दाजुले चलाएपछि फरदिन अहिले बुवा संगै जुत्ता उद्योगमा व्यस्त छन् । उद्योगको सञ्चालन, व्यवस्थापन, मार्केटिङ सवै फरदिनले हेर्छन ।

    ‘मैले देखाएको बाटोमा सवै छोराहरु छन् । फरदिनले नै अहिले यो उद्योग हेर्छ । म व्याक सपोर्ट गर्ने गरेको छु ।’ सकुरदिनले भने ।
    ०७५ सालमा २ करोडको लगानी गरेर स्थापना गरेको ‘एभरेष्ट कम्फर्ट फुड वेयर प्रा.ली’ (जुत्ता उद्योग) अहिले जिल्लाकै जुत्ता उद्योग मध्येको सवैभन्दा ठुलो उद्योग हो ।

    देशमा आर्थिक मन्दी भएपनि यो उद्योग अहिले पनि लयमा छ । देशका ७० जिल्ला भन्दा बढिमा उद्योगका तयारी जुत्ता चप्पल पुग्ने गरेका छन् ।
    ‘उद्योग सञ्चालन हुन साथ कोभिड सुरु भयो । त्यो बेला व्यापार नै गर्न सकिएन । अहिले व्यापार ठिक छ । मार्केट राम्रो छ । हामीले नेपालका ठुला भनिएका उद्योग संग सजिलै प्रतिस्पर्धा गर्ने सामर्थ राखेका छौ’ सञ्चालक फरदिनले भने ।

    उद्योगले हवाइ, ईभा र स्पोर्टसका जुत्ता उत्पादन र विक्रि गर्ने गरेको छ । पश्चिम धनगढी देखि ईटहरीका बजार सम्म उद्योगका उत्पादनले बजार ओगटेका छन् ।

    दैनिक २५ हजार जोर जुत्ता चप्पल उद्योगबाट उत्पादन हुने सञ्चालक फरदिनले बताए । हाल उद्योगबाट सिजन अनुसार ६ देखि ७ सय जनाले रोजगार पाइरहेका छन् ।

    भारतबाट आउने तयारी जुत्ता चप्पलका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने तर्क फरदिनको छ । ‘यहाँ कच्चा पद्धार्थ लिएर बनाउँदा लागत केही मंहगो पर्छ । भारतबाट सिधा आउने तयारी जुत्ता चप्पल नियन्त्रणमा सरकारले नीति बनाएर कडाई गर्नुपर्छ’ उनले भने ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित