मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन

बुटवल । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ ।

४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो । सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेषगरी युवा युवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ ।

बुटवलको बमघाटमा रहेको बटम स्टेशनबाट केबलकार चढेर पालपाको तिनाउ गाउपालिका ३ बसन्तपुर आउने पर्यटकलाई साहसिक खेलको आनन्द र मनोरन्जन दिलाउन जीपलाइन सञ्चालन गरेको कम्पनीका इन्जिनियर सनी चौरसियाले बताए ।

केबलकार चढ्न आउने पर्यटक मध्ये दैनिक सरदर ७० जना जीपलाइन चढ्ने गरेका चौरसियाले बताए । जीपलाइनमा ६ जनाले रोजगारी पाएका कम्पनीले जनाएको छ ।
केबलकारमा आउने आन्तरिक र विदेशी पर्यटकको मनोरन्जनका लागि कम्पनीले थप डेढ करोड बढी लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ, बाल उद्यान र सेल्फी जोन लगायतका संरचनाहरु बनाउने प्रकृयामा रहेको इन्जिनियर चौरसियाले बताए ।

आगामी दुई महिनाभित्र यी सबै संरचनाहरु तयार गरी पर्यटकहरु दिनभर भुल्न सकिने वातावरण बनाउने उनले बताए ।

जीप लाइन चढ्नेहरुले यो खेल निकै रोमाञ्चक र रमाइलो लागेको प्रतिक्रिया दिने गरेका छन् । उनीहरुले केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि बुटवलको चहलपहल र ब्यापारमा केही मात्रामा सुधार भएको बताएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित