भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनी साँस्कृतिक नगरपालिकाको टिम चीन प्रस्थान

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका टिम बिहिवार चीन प्रस्थान गरेको छ ।

चीनको दन्हुन् सिटिको निमन्त्रणमा नगरपालिकाका मेयर सजरुद्धिन मुसलमानको नेतृत्वमा नगरका उपप्रमुख कल्पना हरिजन,प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,प्रवक्ता ईनामुल्लाह फकिर,लेखा अधिकृत रामचन्द्र अर्याल,वडाअध्यक्ष नईमुल्लाह खाँन,विनोद श्रीवास्तव,वन अधिकृत सन्तोषी पाण्डे,ईञ्जिनीयर आशिष यादव,समन्वय अधिकृत तुल्सीराम लामिछाने,प्रशासन शाखा प्रमुख शोभाखर पौडेल चीन भ्रमण प्रस्थान गरेका हुन् ।

चीन भ्रमणका क्रममा दुई सिटि बिच भगिनी सम्बन्ध थप विस्तार हुने विश्वास लिएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध दर्शनको प्रचारप्रसार गरी नेपालको विश्वब्यापी रुपमा पहिचान स्थापित गराउने उदेश्यमा लुम्बिनी साँस्कृतिक नगरपालिका लागेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले जानकारी दिए ।

साथै,चीन सरकार लुम्बिनी साँस्कृतिक नगरसंग पारस्पारिक सम्बन्ध कायम गर्न चाहेको र आफुहरु पनि तत्पर रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाई रहेको छ ।

चीनका विभिन्न सहरमा पर्यटन प्रर्वद्धन,संस्कृति र कला लगायतका क्षेत्रमा अनुभव आदान प्रदान कार्यक्रम रहने छ । भ्रमण ७ दिनको रहने जनाईएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित