तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्रकृतीको संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाको अपील

प्रकृतीको बिनास नभइ संरक्षण गर्ने नीति निर्माण गर्न सरोकारवालाले अपील गरेका छन् । अप्राकृतिक दोहनका कारण हुने वातावरण असन्तुलन र पर्यावरण प्रतिकुल हुनेगरि कुनैपनि कार्य नगर्न सरकारलाई उनीहरुको आग्रह छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २४ औँ साधारसभामा बोल्ने बक्ताहरुले चुरे संरक्षण र संबिधानको रक्षा र त्यसले दिएका ब्यबस्थाहरुको संरक्षण र कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका सभापति खिमप्रसाद भट्टराइ कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले संघीयताको बारेमा गलत भ्रम फैलाइएको भन्दै सकारात्मक सन्देश प्रबाह गर्नुपर्ने बताइन् ।

उनले प्रदेश खारेजी नभइ थप बलियो बनाएर जनतासंग पहुच बढाउनुपर्ने बताइन् । शान्ति समाजका हरेक गतिबिधि नजिकबाट हेरिरहेको भन्दै उनले मानव अधिकारका क्षेत्रमा समाज अगुवा रहेको बताइन् ।

jamuna.jpg

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सभापति रामकृष्ण बरालले नयाँ अभियान थालनी गर्ने तयारीमा रहेको बताए । उनले युवालाइ नेपालमै रोक्ने र राेजगारी सिर्जना गर्ने बातावरण सरकारले बनाउनुपर्ने बताए ।

केन्द्रिय पूर्व सभापति एवं सल्लाहकार उत्तम पुडासैनीले पृथ्वी बँचाउने अभियानमा जुट्न अपील गरे । उनले प्रकृतिको संरक्षणमा सबै हातेमालाे गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

केन्द्रिय समितिका निर्बतमान सभापति एवं सल्लाहकार गोविन्द खनालले वातावरण संरक्षणको सवालमा सरकारी, सामाजिक र गैरसरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।santi samaj.jpg

मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका उपसभापति कपिल ज्ञवालीको स्वागत एवं सचिब कृष्ण पाण्डेको संचालनमा भएको कार्यक्रममा समाजका बरिष्ठ उपसभापति कृष्ण रावल केन्द्रिय उपसभापति राजेन्द्र पौडेल ,राससका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाइ, प्याब्सन लुम्बिनी अध्यक्ष एवं समाजका पूर्व सभापति लालहरि पाण्डे,लेखक ऋषि आजाद,नेपाल पत्रकार महासंघ लुम्बिनी महासचिब बिक्रम खड्का पत्रकार महासंघ जिल्ला सभापति रामराज पोखरेल,उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी अध्यक्ष तेजकुमार पाठक, शान्ति समाज केन्द्रिय सचिब मिना ढकाल, काठमाडौ शाखा सभापति भगवान पुडासैनी, इन्सेक प्रतिनिधि रिमा बिसी लगायतले बोल्दै समाजका सबै प्रकारका संघसंस्थासंग हातेमालो गरेर अभियान चलाउनुपर्ने बताए ।

साधारणसभामा अध्यक्ष भट्टराइ र कोषाध्यक्ष लिलाधर लुइटेलले पेश गरेको प्रतिबेदन पास गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित