युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

ब्राहमण समाज नेपाल बुटवल – २ द्वारा तीज विशेष कार्यक्रम

बुटवल । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ ले हिन्दू नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

तीजको मौलिकता र महत्व जोगाइराख्न समाजले कार्यक्रम गरेको हो ।

ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्णप्रसाद पौडेलले वडा कार्यालय परिसर नजिकै नाचगानसहित मौलिक रुपमा तीजको कार्यक्रम गरिएको बताए ।

सो अवसरमा ब्राहमण समाज रुपन्देहीका सहसचिव कमला पन्थले तीजलाई भडकिलो नभई मौलिक रुपमा बनाउनुपर्नेमा जोड दिइन ।

उनले चाडपर्वहरु भडकिला बन्दै गइरहेको बताउँदै त्यसमा सचेत रहन सबैलाई आग्रह गरिन् ।

वडा नम्बर २ का अध्यक्ष सुनील शाक्य, वडा सदस्य गौतमलाल शाक्य, महिला जनप्रतिनिधि गंगादेवी घिमिरे, बाबुराम पोखरेल, बाबुराम पौडेल, धनमाया लामा लगायतले बोल्दै चाडपर्व र संस्कृतिलाई संरक्षण गर्दै अघि बढनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडा नम्बर २ का कोषाध्यक्ष जीवलाल पौडेलले गरेका थिए । ब्राहमण समाज नेपाल बुटवल उपमहानगरपालिका वडाले विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित