मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

खड्ग बाल क्लबद्वारा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम

बुटवल।
५९ औं बालदिवस “बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी” भन्ने नाराको साथ श्री खड्ग माध्यमिक बिधालयमा खड्ग बाल क्लवको आयोजना,साझेदार सस्था सोइया महिला स्वावलम्बी संस्था, देवदह ४ को आर्थिक सहयोग र श्री खड्ग माध्यमिक बिधालयको संरक्षकत्वमा तीज गित प्रतियोगिता र बाल प्रतिभा प्रस्फुटन कार्यक्रम भएको छ।


कार्यक्रम बालक्लबका अध्यक्ष नन्दनी अग्रहरीको सभापतित्व, देबदह नगरपालिका वडा नम्बर १ वडा सदस्य असरुन निशाकाे प्रमुख आतिथ्यता,बि ब्य स सदस्य मायादेवी क्षेत्री,शोभा क्षेत्रीज्युको विशिष्ट आतिथ्यता र सोइया महिला स्वावलम्बी संस्थाकी कार्यक्रम सम्योजक रोसि गुरुङ्ग र निवर्तमान शिक्षक अभिभावक संघ रोमनाथ पान्डेय लगायतको विशेष आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रम सञ्चालक सृष्टि भट्टराईले गरेकी थिइन भने निर्णायक मण्डलमा टिकाराम पौडेल,गिता पौडेल र मोहन कलवार रहेका थिए ।
बाल अधिकार,बाल बिवाह,बालश्रम,बालमैत्री बिधालय-समाज-नगर निर्माण अभियानमा बाल क्लबको भुमिका,बिकृती बिसंगतिहरुको भावमा मौलिक अन्तर सदनात्मक तीज गित प्रतियोगिता अन्तरगत क्रमश: अन्जली हिताङको समुह सगरमाथा सदन प्रथम, निरकला यादबको समुह लुम्बिनी सदन द्वितीय,सरस्वती क्षेत्रीको समूह स्वर्गद्वारी सदन तृतीय र गुडिया भुजको समुह धौलागिरी सदनले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
सहभागी सबै समुहलाइ प्रमाणपत्र सहित प्रथम,द्वितीय,तृतीय र सान्त्वना हासिल गर्ने समुहलाइ क्रमश: रु. १५००,१०००,७०० र ५०० नगद पुरस्कारले हौसला प्रदान गरिएको थियो।सोही अवसरमा विद्यार्थी भाइबहिनिहरुले स्वत स्फुर्त आफुमा रहेका अन्तरनिहित प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित