मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रोट्र्याक क्लब अफ बुटवल डाउनटाउन द्वारा तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न

रोट्र्याक क्लब अफ बुटवल डाउन टाउनले हिन्दु नेपाली नारिहरुको महान पर्ब हरितालिका तिजको अबसरमा तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय तिज पर्व भड्किलो र तडक भडक बनिरहेको अवस्थामा सामान्य तरिकाले पनि तिज मनाउन सकिन्छ भन्ने सकारात्मक संदेश प्रवाह गर्न र विभिन्न क्षेत्रमा सक्रिय महिलाहरूलाइ सम्मान गर्ने उदेश्यले तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको क्लवले जनाएकाे छ ।

आयोजित उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै बेबी स्टार मन्टेश्वरिकि प्रिन्सिपल गिता बन्जाडे , स्वास्थ क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल कि नर्सिङ प्रमुख ज्योति पौडेल , बैकिग क्षेत्रमा नेपाल बैंक लिमिटेड बुटवल शाखाकि सहायक प्रबन्धक रोशनी पौडेल , उद्धम क्षेत्रमा सेमलार बेकरिज कि प्रोपाइटर रमा पौडेल पराजुली र सञ्चार क्षेत्रमा योगदान गरेको भन्दै लुम्बिनी सामुदायिक टेलिभिजनकि समाचार प्रमुख पत्रकार भगवती पाण्डेलाइ सम्मान पत्र , मायाको चिनो र दोसल्ला बाट सम्मान गरिएको थियाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकि उप प्रमुख साबित्रा देवि अर्यालले रोट्रयाक क्लब अफ बुटवल डाउन टाउनले तिज मिलन तथा सम्मान कार्यक्रम राखि विभिन्न क्षेत्रमा सक्रिय ०५ जना महिलाहरू सम्मान गरेर निकै उत्कृष्ट कार्यक्रम गरेको बताइन ।

उनले बिगतमा भन्दा अहिले समाज अनि घर परिवारले महिलाहरू हेर्ने दृष्टिकोण धेरै सकारात्मक बन्दै गएको तर राज्यका विभिन्न निकाय एवं क्षेत्रहरुमा महिलाहरुलाइ दिने अबसर अझै पनि प्रयाप्त नभएको बताइन ।

क्लबका अध्यक्ष कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिआर आर इलेक्ट बिक्रम क्षेत्री , रोटरि क्लब अफ बुटवल डाउन टाउनका पुर्ब अध्यक्ष जिवन प्रसाद अधिकारी , सम्मानित पत्रकार भगवती पाण्डे लगायतले भनाइ राखेका थिए। कार्यक्रम संयोजक आबिस्कार खनालको स्वागत मन्तव्य र क्लबका सचीव सन्जिव सुनारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका सस्थापक , पुर्व अध्यक्ष , सल्लाहकार , प्रेसिडेन्ट काउन्सिल अध्यक्ष , बोर्डका पदाधिकारीहरु एवं क्लब सदस्यहरुको उपस्थिति रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित