तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक द्वारा लक्ष्मी कोइरालालाई विमा बापतको रकम हस्तान्तरण

बुटवल । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड भैरहवा शाखाले आफ्ना ग्राहकलाई दुर्घटना बापतको बीमा रकम हस्तान्तरण गरेको छ ।

जिल्ला अदालत रुपन्देही भैरहवामा कार्यरत दामोदर कोइरालाको दुर्घटनामा मृत्यु भएपछि कोइरालाकि आमा लक्ष्मी कोइरालालाइ बैंकले विमा बापतको रकम हस्तान्तरण गरेको हो ।

कोइरालाको स्थायी घर बिरुवा गाउंपालिका–३ चिन्नेबास स्याङ्जा हो ।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला अदालत रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीश कृष्णराम कोइराला, न्यायाधीश डा. श्रीप्रकाश उप्रेती, प्रशासकिय अधिकृत अनन्तराज मरासिनी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का, भैरहवा शाखा प्रबन्धक मिलन कुमार पुनले जिल्ला अदालत परिसरमा बिमा रकमको चेक लक्ष्मी कोइरालालाई हस्तान्तरण गरेका हुन । हस्तान्तरण गरिएको चेक रकम सात लाख रुपैयाको रहेको छ ।

बैंकले ग्राहकको सुरक्षा तथा सुविधालाई मध्यनजर गर्दै कर्मचारी तलबी खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा, औषधी उपचार बिमाका साथै बिभिन्न सुविधा समेत दिदै आएको बैंकका प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले बताए ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभर २६० शाखा कार्यालय, ६२ एक्स्टेन्सन काउन्टर, २०३ एटिएम मेसिन र १०७ साखा रहित आउटलेट रहेका छ्न ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३९ शाखा कार्यलय, ०४ एक्स्टेन्सन काउन्टर, ३१ एटिएम मेसिन र १७ साखा रहित बैंकिङ आउटलेट बाट ग्राहकहरुलाइ सरल, सहज, सुरक्षित र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित