रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

एभरेष्टमा तीज गीत प्रतियोगिता

 

बुटवल । बुटवल ८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार कक्षा प्ले गु्रपदेखि युकेजीसम्मको भएको नृत्य प्रतियोगितामा कक्षा प्ले गु्रपबाट लिसार ढाडा मगर, आरध्या अर्याल र ईश्वर कार्की क्रमशः प्रथम द्वितीय र तृतीय भएका छन् । कक्षा नर्सरीबाट प्रनिका भुसाल, आश्रा श्रेष्ठ र क्रिसा भण्डारी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान, कक्षा एलकेजीबाट गृष्मा गुप्ता, रुस्पी शेरचन र सोफिया के.सी. क्रमशः प्रथम द्वितीय र तृतीय त्यसैगरी कक्षा युकेजीबाट आन्सी पाण्डे प्रथम, पितिना दर्नाल द्वितीय र श्रृया श्रेष्ठ तृतीय भएका छन् ।
विद्यालयका सह प्राचार्य भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्य, पूर्व प्रा.वि. संयोजक शारदा रिमालको संयोजकत्व तथा विद्यार्थीहरु विदुषी गौतम, आयुष्मा कक्षपति, विधाता थापा र जेनिसा श्रेष्ठको सञ्चालनमा सम्पन्न प्रतियोगिताको निर्णायकमा निसिम झेडी र सृष्टी सिर्पाली रहनुभएको थियो । विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य न्यौपानेले पुरस्कार र प्रमाणपत्र दिदै आफ्नो प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई प्रेरणा प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न कक्षाबाट छनोट भई आएका उत्कृष्ट ४८ जना प्रतियोगीले भाग लिएका थिए भने सोही अवसरमा अप्रतियोगी विद्यार्थीहरुले पनि समुहगत नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित