रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

मिरा कोष द्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले विद्यार्थीहरुको लागि विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ ।

तिलोत्तमा ३, सिमानगरमा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीहरुलाई कोषले शैक्ष्गिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि, तिलोत्तमा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेल, सिद्धार्थ बैंक योगीकुटी शाखाका प्रबन्धक लक्ष्मी प्रसाद ज्ञवाली, मिरा कोषका संरक्षक मिरा शर्मा, सगरमाथा आधारभुत विद्यालयका व्यस्थापन समिति अध्यक्ष कृष्ण क्षेत्री, सोहि विद्यालयका प्राचार्य घनश्याम घिमिरे लगायतको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याण प्रसाद पौडेलले स–साना विद्यार्थीहरुको पठनपाठनमा संस्थाले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

उनले आगामी दिनहरुमा वडा संगै समन्वय गरि विद्यालयको शैक्षिक उनन्नयमा अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष हेमलाल शर्माले विद्यार्थीहरुलाई सहयोग गर्न पाउंदा निकै खुसि रहेको बताउदै आगामी दिनहरुमा पनि आवश्यक शैक्षिक सामाग्री लगायत अन्य सहयोग निरन्तर रहने बताए।

कोषले गतवर्ष सोहि विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरेको थियो । कार्यक्रमको संचालन कोषका महासचिब रामचन्द्र पौडेलले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित