रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर (तस्विरहरु)

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित शिविरमा पाठेघरको क्यानसर जांच, सुगर जांच, महिला तथा प्रसुती एवं जनरल चेकअफ भएको थियो ।

क्लवका अध्यक्ष गौरी न्यौपानको अध्यक्षता तथा लायन्स अन्तर्राष्टिय डिष्टिक ३२५ पि का गर्भनर अर्जुनमान सैजुको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि सैजुले स्वास्थ्य सेवाको पहुंचबाट टाढा भएकाहरुलाई लक्षित गरेर आयोजना गरेको शिविरबाट धेरै लाभाम्बित भएको बताए ।

उनले क्लवले अझै रचनात्मक कार्य गर्न आग्रह गर्दै स्वार्थ भन्दा माथी रहेर सेवामा लाग्न क्लवका सदस्यहरुलाई आग्रह गगरे ।

शिविरमा ५ सय भन्दा बढि लाभाम्बित भएको कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले जानाकारी दिईन ।

क्लवकी अध्यक्ष गौरी न्यौपानेले आफ्नो बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको कार्यक्रम गरेको र आगामी दिनमा अझ बढि सामाजिक कार्य गर्ने बताईन ।

शिविरमा छत्रदेव हेल्थ केयर प्रा.लि बुटवलले प्राविधिक सेवा प्रदान गरेको थियो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, विद्यालयका प्राचार्य ईश्वरीप्रसाद रेग्मी, क्लवकी संस्थापक अध्यक्ष ईशु देवकोटाले क्लवले गरेको सामाजिक कार्यको प्रसंसा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित