लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर (तस्विरहरु)

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित शिविरमा पाठेघरको क्यानसर जांच, सुगर जांच, महिला तथा प्रसुती एवं जनरल चेकअफ भएको थियो ।

क्लवका अध्यक्ष गौरी न्यौपानको अध्यक्षता तथा लायन्स अन्तर्राष्टिय डिष्टिक ३२५ पि का गर्भनर अर्जुनमान सैजुको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि सैजुले स्वास्थ्य सेवाको पहुंचबाट टाढा भएकाहरुलाई लक्षित गरेर आयोजना गरेको शिविरबाट धेरै लाभाम्बित भएको बताए ।

उनले क्लवले अझै रचनात्मक कार्य गर्न आग्रह गर्दै स्वार्थ भन्दा माथी रहेर सेवामा लाग्न क्लवका सदस्यहरुलाई आग्रह गगरे ।

शिविरमा ५ सय भन्दा बढि लाभाम्बित भएको कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले जानाकारी दिईन ।

क्लवकी अध्यक्ष गौरी न्यौपानेले आफ्नो बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य शिविरको कार्यक्रम गरेको र आगामी दिनमा अझ बढि सामाजिक कार्य गर्ने बताईन ।

शिविरमा छत्रदेव हेल्थ केयर प्रा.लि बुटवलले प्राविधिक सेवा प्रदान गरेको थियो । कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, विद्यालयका प्राचार्य ईश्वरीप्रसाद रेग्मी, क्लवकी संस्थापक अध्यक्ष ईशु देवकोटाले क्लवले गरेको सामाजिक कार्यको प्रसंसा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित