तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम

भैरहवा । पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए ।

उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए ।

समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।

उनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्येश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

रक्तदान कार्यक्रममा समुहमा कार्यरत कर्मचारी, मजदुर, स्थानिय, लिस्नु युवा क्लबका पदाधिकारी तथा सदस्य लगाएतले रक्तदानमा सहभागीता जनाएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित