तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अनेरास्ववियु रुपन्देहीकाे आयाेजनामा भएकाे हाजिरी जवाफ प्रतियोगितामा सुनगाभा मावि प्रथम

अनेरास्ववियु रुपन्देहीले जिल्लास्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष धर्म गिरीको प्रमुख आतिथ्यता र एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीको विशेष आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । रुपन्दहीका नीजि तथा सामुदायिक विद्यालयका ३८ विद्यालयको सहभागिता थियो । उक्त हाजिरजबाफ प्रतियोगितामा सैनामैनाको सुनगाभा मावि प्रथम, बुटबलको एभरेष्ट मावि द्धितिय, देबदहको ग्रिन प्लान्ट तृतिय भएको छ ।

प्रथम, द्धितिय, तृतिय र शान्त्वना हुने विद्यालयले क्रमस १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै सैनामैनाको प्रभावत माविले सान्तत्वना स्थान प्राप्त गरेको छ । कार्यक्रममा बोल्दै अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले अनेरास्ववियु शैक्षिक आन्दोलनको एक अगुवा संगठन भएको बताउंदै अनेरास्ववियु सधै विद्यार्थीको हक हितका निम्ती बिभिन्न खालका रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए।

अनेरास्ववियुले अहिले देशभर बिभिन्न खालका शैक्षिक कार्यक्रम गदै आएको जानकारी गराए। कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले पछिल्लो समय अनेरास्ववियु रुपन्दही जिल्ला कमिटिले विद्यार्थीका क्षमता विकाससंगै रचनातमक शैक्षिक कार्यक्रमहरु गदै आएको बताए ।

अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश ढकालले विद्यार्थीको क्षमता विकासका लागि रुपन्देहीमा वार्षिक कार्यक्रम बनाएर शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिएको बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, भरत अर्याल प्रेम बस्नेत, तिलक केसी लगायतले बाेलेका थिए । अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश ढकालको अध्यक्षयता र सचिब प्रकास पराजुलीको सन्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित