तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक – नेता गिरी (तस्वीरहरु)

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री एमाले नेता लिला गिरीले मुलुकको अस्थीरतालाई परास्त गर्न एमालेको सरकार आवश्यक रहेको बताएका छन् । अहिले मुलुक अस्थिरताको सिकार भएको बताउँदै त्यो चुनौतीलाई एमाले नेतृत्वको सरकारले परास्त गर्ने उनको भनाई छ ।

नेकपा एमालेको तर्फबाट रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका गिरीले तिलोत्तमा ६ पश्चिम पहुँनीमा भएको घरदैलो कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको सरकारलाई काम गर्न नदिई बीचमै रोक्ने काम भएको समेत बताए ।

मुलुकलाई माथी उठाउन नदिने र देशलाई आर्थिक र राजनितीक समस्याबाट ग्रस्त पार्ने काम भएको भन्दै मुलुकमा स्थीरता कायम गर्न पनि एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाई थियो ।

अहिलेको निर्वाचनमा कुनै पनि व्यक्तिगत एमालेको जीत हुने भन्दा पनि एमालेको विजयी सिंगो मुलुक र जनताको जीत हुने उनले बताए ।

घरदैलो अभियानमा पुगेका गिरी त्यहाँका मतदाताका समस्या र गुनासो पनि सुनेको थिए । मतदाताले विद्यालयमा प्राविधिक शिक्षा, मठमन्दिरको स्तरउन्नती, सडक कालोपत्रे, तटबन्द हुनुपर्ने माग राखेको थिए ।

मतादाताको सुझाव पछि नेता गिरीले पश्चिम पहुनी माविलाई स्तरउन्नती गरेर प्राविधिक शिक्षामा जोड्ने कामको थाली गरेको बताए । अहिले पुर्वधार निर्माणको काम समेत भइरहेको बताउँदै त्यसलाई सम्पन्न गरेर प्राविधिक शिक्षा सञ्चालन गरिने उनले बताए ।

त्यसैगरी व्यवसायीक कृषि, पशुपालकहरुलाई अनुदानको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले सो अवसरमा जनाए ।

पहुँनीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने योजना समेत आफुले बनाएको भन्दै त्यस क्षेत्रमा रहेको मन्दिरहरुको स्तरउन्नतीका लागि बजेट अभाव हुन नदिने गरी आफुले काम गर्ने नेता गिरीको भनाई छ ।

मोक्षधाम, बासघारी मन्दिर, मडाबाबा मन्दिरलाई स्तरउन्नती गरी धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने उनले बताए ।

साथै उनले सो क्षेत्रमा भएका अधुरा कालोपत्रे सडकहरुलाई निर्माण गर्ने समेत बताए ।

एमाले नेतृत्वको सरकारले तिलोत्तमा रिङ रोडको योजना अघि बढाएको स्मरण गराउँदै नेता गिरीले त्यसलाई पुरा गर्न आवश्यक बजेटको व्यवस्था गर्ने समेत बताए ।

‘सडक निर्माण हुनेछ । भित्री सडक कालोपत्रे हुनेछ । तटबन्द निर्माणको काम अहिले पनि कतिपय ठाउँमा भएको छ । बेतानी जोड्ने पुल बनिरहेको छ । त्यसपछि यो क्षेत्रले विकासमा साच्चै फड्र्को मार्नेछ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित