तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

पैँचो पसलले उत्पादन गरेको सस न्यून गुणस्तरको भएको पुष्टि

न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा पैँचो पसल प्रा.लि.का प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने जरिवानामा परेका छन् ।

टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले मंगलबार न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।

खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले पैँचो पसले उत्पादन गरेको उक्त ससलाई ०७८ पौष १८ देखि अनुसन्धान गर्दै आएको थियो ।

पछि विभागको तर्फबाट कर्मचारी प्रमिला राइले ०७९ चैत १४ मा गुल्मी जिल्ला अदालतमा पैँचोका प्रबन्ध निर्देशक न्यौपानेका बिरुद्ध मुद्धा दर्ता गराएकी थिइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनका आधारमा न्यौपानेले सरकारको मापदण्डभन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको भन्दै कारवाहीस्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित