भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

दीपमा नवगन्तुक विद्यार्थीलाई स्वागत

बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमबिच स्वागत गरिएको छ ।
विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सिद्धार्थ कटेजमा गरिएको स्वागत कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनोसहित स्वागत गरिएको हो ।
सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान सङ्कायबाट ३.७५ जिपिए ल्याई प्रथम हुने शर्मिला पन्थी, ३.६६ जिपिए ल्याई द्वितीय हुने अनिल घिमिरे, ३.६५ जिपिए ल्याई तृतीय हुने प्रवीन भट्टराई तथा व्यवस्थापन सङ्कायबाट ३.७२ जिपिए ल्याई प्रथम हुने सुस्मिता थापा र तारा सुनार, ३.६६ जिपिए ल्याई द्वितीय हुने सुजल थापा मगर र ३.६५ जिपिए ल्याई तृतीय हुने कृति न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै आफ्नो विषयमा शतप्रतिशत र अब्बल नतिजा ल्याउन योगदान पुराएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीमध्ये १० जनाले ए प्लस, ५४ जनाले ए, १०१ जनाले बि प्लस, २७ जनाले बि र १ जनाले सि प्लस ग्रेडसहित ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले दीप बोर्डिङले गुणस्तरीय विद्यार्थी उत्पादन गरी शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए ।
कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली र वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनीले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गरे ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी बिराज पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही ध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, वि.स.समिति सदस्य तथा लेखा प्रमुख रेखा श्रेष्ठ, प्रवीन श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्री लगायतले बोलेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित