तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दीपमा नवगन्तुक विद्यार्थीलाई स्वागत

बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमबिच स्वागत गरिएको छ ।
विद्यालयको कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सिद्धार्थ कटेजमा गरिएको स्वागत कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनोसहित स्वागत गरिएको हो ।
सो कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा १२ को बोर्ड परीक्षामा विज्ञान सङ्कायबाट ३.७५ जिपिए ल्याई प्रथम हुने शर्मिला पन्थी, ३.६६ जिपिए ल्याई द्वितीय हुने अनिल घिमिरे, ३.६५ जिपिए ल्याई तृतीय हुने प्रवीन भट्टराई तथा व्यवस्थापन सङ्कायबाट ३.७२ जिपिए ल्याई प्रथम हुने सुस्मिता थापा र तारा सुनार, ३.६६ जिपिए ल्याई द्वितीय हुने सुजल थापा मगर र ३.६५ जिपिए ल्याई तृतीय हुने कृति न्यौपानेलाई पुरस्कृत गरिएको थियो ।
त्यस्तै आफ्नो विषयमा शतप्रतिशत र अब्बल नतिजा ल्याउन योगदान पुराएका शिक्षकहरूलाई सम्मान गरिएको थियो । विद्यालयबाट कक्षा १२ को बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीमध्ये १० जनाले ए प्लस, ५४ जनाले ए, १०१ जनाले बि प्लस, २७ जनाले बि र १ जनाले सि प्लस ग्रेडसहित ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले दीप बोर्डिङले गुणस्तरीय विद्यार्थी उत्पादन गरी शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए ।
कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली र वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनीले विद्यालयको शैक्षिक उन्नयनको शुभकामना व्यक्त गरे ।
विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थी बिराज पौडेलको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको प्रमुख आतिथ्यता, अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देही ध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पङ्गेनी, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य वसन्तकुमार जोशी, वि.स.समिति सदस्य तथा लेखा प्रमुख रेखा श्रेष्ठ, प्रवीन श्रेष्ठ, विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ११ र १२ का सहसंयोजक अमर खत्री लगायतले बोलेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित