तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार संघमा लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरिएको हो ।

तालिममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले कतिपय व्यवसायीले लेखालाई व्यवस्थित रुपमा राख्न नजान्दा धेरै समस्या झेल्नु परेकोले त्यसको समाधानको लागि तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आवश्यकताको आधारमा यस्ता तालिम निरन्तर रुपमा सञ्चालन गरिरहने जानकारी दिए ।

तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत नरेश पन्थी, संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए महेश घिमिरे र सिए प्रताप कर्माचार्यले यसका प्रावधानका विषयमा जानकारी गराउँदै आवश्यक परेको समयमा तालिम तथा परामर्शको लागि आफूहरु तयार रहेको बताए ।

त्यस अवसरमा डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारी सहित बस्तुगत समितिका सदस्यहरुले व्यवसायमा आईपर्ने समस्या र त्यसलाई कसरी सुधार गर्न सकिन्छ लगाएतका जिज्ञासाहरु राखेका थिए । ती जिज्ञाशाको समेत प्रशिक्षकहरुले सहजिकरण गरेका थिए । कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित