कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलका दुग्ध व्यवसायीलाई लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरेको छ ।

बुटवल उद्योग वाणिज्य संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको आयोजनामा समिति अन्तरगतका दुग्ध व्यवसायीलाई बिहिबार संघमा लेखा व्यवस्थापन तथा कर सम्बन्धि तालिम प्रदान गरिएको हो ।

तालिममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले कतिपय व्यवसायीले लेखालाई व्यवस्थित रुपमा राख्न नजान्दा धेरै समस्या झेल्नु परेकोले त्यसको समाधानको लागि तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आवश्यकताको आधारमा यस्ता तालिम निरन्तर रुपमा सञ्चालन गरिरहने जानकारी दिए ।

तालिममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत नरेश पन्थी, संघका राजश्व परामर्शदाता सिए हरि लम्साल, सिए महेश घिमिरे र सिए प्रताप कर्माचार्यले यसका प्रावधानका विषयमा जानकारी गराउँदै आवश्यक परेको समयमा तालिम तथा परामर्शको लागि आफूहरु तयार रहेको बताए ।

त्यस अवसरमा डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारी सहित बस्तुगत समितिका सदस्यहरुले व्यवसायमा आईपर्ने समस्या र त्यसलाई कसरी सुधार गर्न सकिन्छ लगाएतका जिज्ञासाहरु राखेका थिए । ती जिज्ञाशाको समेत प्रशिक्षकहरुले सहजिकरण गरेका थिए । कार्यक्रम संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित