लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

सियारीमा अनुगमन, अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता तथा नविकरण नभएको भेटियो

सियारी। रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ ।

कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता नभएका तथा नविकरण नभई संचालनमा रहेको पाईएको अनुगमन समिति संयोजक थारुले जानकारी दिईन ।

सियारीले शुरु गरेको अनुगमनलाई निरन्तरता दिने जनाउदै उपाध्यक्ष थारुले पहिलो पटक उनीहरुलाई सम्झाई बुझाई नैसियत दिएर आएको र तत्काल दर्ता नविकरण लगाएकका काम नभए कानुनी कर्वाहीमा अगाडि बढ्ने बताईन ।

पालिकाले वडा नम्बर ७ मा रहेको युनिक मेडिको फार्मा, अमुवा पोलि क्लिनिक, मेरिना मेडिको सेन्टर, र गुप्ता हेल्थ क्लिनिकको अनुगमन गरेको थियो ।

त्यसमध्ये युनिक मेडिको फार्माले नियम विपरित बिरामीको जाँच गर्ने गरेको तथा जथाभावि रुपमा फोहर फाल्ने गरेको हुदा फोहर व्यस्थापन गर्न सुझाव दिएर आएको स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले जानकारी दिए । उ

नले अनुगमन निरन्तर हुने भएकोले पहिलो पटक सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताए ।

स्वास्थ्य स्वास्था अनुगमनमा आएको थाह पाएपछि अमुवामा रहेको एलिशा मेडिको फार्मा सटर लगाएर हिडेको स्थानियले जनाएका छन् ।
अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।
ण्ण्ण्ण्ण्ण्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित