दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

सहज सहकारीको अध्यक्षमा अर्याल

बुटवल । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड ११ औं साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले ओमप्रकाश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा विशाल बेल्वासे, उपाध्यक्ष कमल प्रकाश भुसाल, सचिवमा पार्वती न्यौपाने र कोषध्यक्षमा दीपेन्द्र धमला रहेका छन् । त्यस्तैगरी सदस्यहरुमा गोपीलाल पौडेल, कृष्णकुमारी थापा, श्रीमाया श्रेष्ठ, होमप्रसाद खनाल, विष्णुमाया भण्डारी, दुर्गा प्रसाद देवकोटा रहेका छन ।


लेखा समुपरीवेक्षण समितिको संयोजकमा रामजी नेपाल र सदस्यद्वय अन्जु पौडेल र कृष्ण शर्मा रहेका छन् । त्यस्तै निर्वाचन समितिको संयोजकको भूमिका दिलिप रिजाल र सदस्यमा दिवाकर ढकाल र खडगबहादुर आचार्य रहेका थिए ।

साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्णप्रसाद नेपालले सहकारीहरुले बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नभई उत्पादनमूल क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताए ।

उनले सहकारीलाई लगानीका क्षेत्रहरु विस्तार गर्न सुझाए । सहकारीमा १ हजार ५०० शेयर सदस्य रहेका छन । शेयर पूँजी १ करोड ४७ लाख १० हजार ७००, बचत ११ करोड ९८ लाख ६३ हजार ५१६ र कूल पूँजी १४ करोड ५९ लाख ६१ हजार ३०८ रहेको छ । सहकारीले तिलोत्तमामा आफ्नो सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ ।
सहकारीका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षता, उपाध्यक्ष विशाल बेल्वासेको स्वागत तथा सचिव कमल प्रकाश भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित