श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बुटवलको कालिका मानवज्ञान कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी

बुटवल । बुटवलको कालिका मानवज्ञान विद्यालयले प्लस टू मा कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी गरेको छ ।

परीक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार कानुन संकाय तर्फ विद्यालयका ३ जना छात्राहरु नेपाल प्रथम भएको विद्यालयका प्राचार्य दिनेश थापाले जानाकारी दिए ।

छात्राहरु बर्षा पाण्डे, अमृता घर्ती र रोशिका आचार्यले ३ दशमलव ७१ जिपिए प्राप्त गरेको उनले बताए । अहिले सम्म कानुन संकाय तर्फ उनीहरुले ल्याएको जिपिए सवैभन्दा धेरै भएको प्राचार्य थापाले बताए ।

कानुन, बिज्ञान, ब्यबस्थापन, शिक्षा र मानबिकि संकायमा समग्रमा ८२ दशमलव ०८ प्रतिशत विद्यार्थी उत्र्तिण भएको उनले बताए ।
विज्ञान संकायमा मात्र९५% विद्यार्थीहरु उर्तिर्ण भएका छन् ।

विज्ञान संकायमा १ जना विद्यार्थीले ३ दशमलव ८८ जिपिए ल्याएका छन् । ब्यबसथापन संकायमा पनि १ जना विद्यार्थीले ३ दशमलव ८८ जिपिए ल्याएका छन् ।

कक्षा १२ मा विद्यालयबाट कुल १ हजार ४६८ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

जस मध्ये ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने ८८ जना, ३ दशमलव २ देखि ३ दशमलव ६ जिपिए ल्याउने ५४९ जना, २ दशमलव ८ देखि ३ दशमलव २ जिपिए ल्याउने ४७५ जना, २ दशमलव ४ जिपिए देखि २ दशमलव ८ जिपिए ल्याउने १६४ जना र २ दशमलव ४ जिपिए ल्याउने ९ जना रहेको प्राचार्य थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित