तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

३.८७ जिपिए सहित रामापुर माविले ल्यायो उत्कृष्ट नतिजा

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै सैनामैनाको रामापुर माविले उत्कृष्टता हासिल गरेको छ ।

व्यवस्थापन र शिक्षाशास्त्र संकायमा गरी कुल ३८१जना विद्यार्थीहरू परीक्षामा सहभागी ५ जना विद्यार्थीले ए प्लस ल्याएका छन् ।

व्यवस्थापन संकाय अध्ययन गर्ने कृतिका सुवेदीले ३.८७जिपिए ल्याएर उत्कृष्ट बनेकी छिन् ।

त्यस्तै व्यवस्थापन संकायकै विक्रम ज्ञवालीले ३.७१ जिपिए अङ्‌क ल्याएका छन् भने सुस्मिता सापकोटा ३.७१, दिप्तिका बडुवाल ३.७० जिपिए अनिता केवटले ३.७० जिपिए प्राप्त गरेकाे विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले बताए।

विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको रामापुरले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक मनोज गौतमले बताए।

रामापुर मावि बाट यस बर्षको नतिजामा सरकारी तर्फ उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत रामापुरको नतिजा जिल्लाकै उत्कृष्ट भएकोमा विद्यार्थी, अभिभावक, प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित