‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

गुल्मीमा ८ वर्षमा ७ पटक म्याद थप्दा पनि भएन सडक कालोपत्रे

बुटवल । ठेक्का सम्झौता भएको ८ बर्ष सम्म पनि गुल्मीको एक सडक अझै कालोपत्रे हुन सकेको छैन् । ३ किलोमिटर सडक ८ बर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानिय नागरिक आक्रोशित छन् ।

जिल्लाको सदरमुकाम तम्घास खाम्सेपानी–नयांगांउ–नादी–सूर्यटारी सडकको बिचमा झण्डै ३ किलो मिटर सडक ७ पटक सम्म म्याद थप हुँदा पनि अहिले सम्म कालोपत्रे हुन नसकेको हो ।

सडकको सुरुको खण्ड तम्घास–खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

निर्माण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन ।

व्यवसायिले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम भएन ।

सडकको २०७१ साल असार ३१ गते सम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरिकले सास्ती खेप्नु परेको हो ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैयां लागतमा निर्माणको जिम्मा दिइएकोे थियो ।

सडक खण्डको साढे दुई किलोमिटर भन्दा बांकी खण्डको केहि ठाउंमा २ वर्ष अघि नै कालोपत्रे भएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । प्रगति भनिए पनि सडकको मुख्य काम कालोपत्रे भएको छैन ।

सडकको बेस निर्माण र कालो पत्रे काम बांकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताए ।

उनले अब पनि ठेकेदारले काम नगरे ठेक्का सम्झौता तोड्ने बताए । अनिल खत्री, गुल्मी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित