दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

गुल्मीमा ८ वर्षमा ७ पटक म्याद थप्दा पनि भएन सडक कालोपत्रे

बुटवल । ठेक्का सम्झौता भएको ८ बर्ष सम्म पनि गुल्मीको एक सडक अझै कालोपत्रे हुन सकेको छैन् । ३ किलोमिटर सडक ८ बर्ष सम्म पनि सम्पन्न नहुँदा स्थानिय नागरिक आक्रोशित छन् ।

जिल्लाको सदरमुकाम तम्घास खाम्सेपानी–नयांगांउ–नादी–सूर्यटारी सडकको बिचमा झण्डै ३ किलो मिटर सडक ७ पटक सम्म म्याद थप हुँदा पनि अहिले सम्म कालोपत्रे हुन नसकेको हो ।

सडकको सुरुको खण्ड तम्घास–खाम्सेपानी अन्तरगत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो ।

निर्माण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन ।

व्यवसायिले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो । यो समयमा पनि कालोपत्रे गर्ने काम भएन ।

सडकको २०७१ साल असार ३१ गते सम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरिकले सास्ती खेप्नु परेको हो ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैयां लागतमा निर्माणको जिम्मा दिइएकोे थियो ।

सडक खण्डको साढे दुई किलोमिटर भन्दा बांकी खण्डको केहि ठाउंमा २ वर्ष अघि नै कालोपत्रे भएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । प्रगति भनिए पनि सडकको मुख्य काम कालोपत्रे भएको छैन ।

सडकको बेस निर्माण र कालो पत्रे काम बांकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताए ।

उनले अब पनि ठेकेदारले काम नगरे ठेक्का सम्झौता तोड्ने बताए । अनिल खत्री, गुल्मी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित