मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलका नीजि तथा संस्थागत विद्यालयको शुल्क उपमहानगरपालिकाले तोक्यो, कसले कति लिन पाउँछन् ?

बुटवल । बुटवलका नीजि तथा संस्थागत विद्यालयले ०७६ सालमा तोकेको शुल्क भन्दा बढि शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयका लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा बढि शुल्क लिएको गुनासो अभिभावकहरुले गरेपछि उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना शुल्क, प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको र सो शुल्क राजपत्रमा समेत प्रकाशित भएको बताए ।

उनले राजपत्रमा प्रकाशित भएकाले नयाँ शुल्क साउन महिनाबाटै कार्यान्वयनमा आउने बताए ।

‘यदि कसैले तोकिएको शुल्क भन्दा बढि शुल्क लिएको भए त्यो शुल्क अर्को महिनामा समायोजन हुन्छ’ उनले भने ।
साथै उनले शुल्कको पूर्ण कार्यान्वयन नभए उपमहानगरपालिकाले कडा कारबाही गर्ने समेत बताए ।

कसले कति लिन पाउँछन् ?

उपमहानगरपालिकाले क, ख र ग बर्ग छुट्टाएर शुल्क निर्धारण गरेको छ । नीजि विद्यालयले पुर्व प्राथमिक तहका लागि क बर्गकाले बढिमा २ हजार ७५० शुल्क लिन पाउनेछन् । ख बर्गकाले २ हजार ४ सय ग बर्गकाले २ हजार शुल्क लिने पाउनेछन् ।

त्यसैगरी प्राथमिक तहमा कक्षा १ देखि ५ सम्म क बर्गका विद्यायले ३ हजार रुपैया सम्म, ख बर्गकाले २ हजार ६ र ग बर्गकाले २ हजार २ सय शुल्क लिन पाउनेछन् । यस्तै निमावि तहमा कक्षा ६ देखि ८ सम्म क, ख र ग बर्गकाले क्रमश ३ हजार ३ सय, ३ हजार र २ हजार ६ सय रुपैयाँ लिन पाउनेछन् ।

यस्तै माध्यमिक विद्यालयका लागि क बर्गकाले ४ हजार २ सय, ख बर्गकाले ३ हजार ६ सय, ग बर्गकाले ३ हजार २ सय शुल्क लिन पाउँनेछन् ।

त्यस्तै मावि ११ र १२ मा विज्ञान विषयका लागि मासिक शुल्क बढीमा ४७ सय, ५ हजार र ५२ सय लिन पाउनेछन । यस्तै व्यवस्थापनतर्फ, क्रमशः ४३ सय, ४७ सय र ५ हजार शुल्क निर्धारण गरेको छ ।

बुटवलका निजी तथा संस्थागत विद्यालयहरूले तोकिएको मापदण्डभन्दा ३० देखि ७३ प्रतिशतसम्म शुल्क असुल्ने गरेको पाइएपछि उपमहानगर पालिकाले नयाँ शुल्क निर्धारण गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित